पाँचथर। पाँचथरको उत्तरी साविक ओयाम गाविसका सबै विषयवस्तुहरुलाई समेटेर लेखिएको पुस्तक ‘ओयाम एक तस्वीर’ विमोचन गरिएको छ।
हाल याङवरक गाउँपालिका–३ मा समेटिएको यस साविक गाविसको इतिहासदेखि वर्तमानसम्मका विषयवस्तुलाई समेटेर यहाँका सुजन सेलिङ लिम्बूले उक्त पुस्तक तयार पारेका हुन्।
पुस्तकको सोमबार याङवरक गाउँपालिका–३ स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पूर्वराज्यमन्त्री श्रीप्रसाद जवेगूले विमोचन गरे।
सो अवसरमा जवेगूले प्रत्येक वडा, स्थानीय तह तथा जिल्लाले आ–आफ्ना इतिहास र वर्तमान कहिल्यै नमेटिने गरी सुरक्षित गर्न यो कार्यक्रमले सन्देश दिएको छ बताए। उनले यस प्रकारका सिर्जनशील अभियानहरु अन्यत्रसमेत चलाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले समाजका लागि विगतमा योगदान दिनेहरुको सम्मान र वर्तमानको यथार्थ चित्रणमार्फत भविष्यका योजनासमेत समेट्न उक्त पुस्तक प्रकाशनले आफूहरुलाई पाठ सिकाएको बताइन्। पुस्तकका विषयमा साहित्यकारहरु प्रेम ओझा, मधुराज केरुङ र उदय सावदेनले बोलेका थिए।
दुई सय पृष्ठमा समेटिएको यस पुस्तकमा साविक ओयाम गाविसका सबै टोलको चिनारी, २१ राजनीतिक, सामाजिक तथा व्यावसायिक अगुवाहरुको सङ्घर्ष र इतिहासको परिचय, ओयामभित्रका कला, साहित्य र सङ्गीतका गतिविधि तथा तिनमा अब्बल व्यक्तित्वहरुको परिचय, शैक्षिक अगुवा र शैक्षिक संस्थाको परिचय, छवटा पर्यटकीय स्थानको परिचय, एक खेलाडीको परिचय र आगामी ५० वर्षपछिको ओयामको परिकल्पना समेटिएको छ।
बुद्ध अफसेट झापाबाट छपाइ गरिएको पुस्तक सोमबारबाट पाठकका माझ पुर्याइएको पुस्तकका लेखक एवं सङ्कलक लिम्बूले बताए। आफ्नो मातृभूमिलाई भावी पुस्ताले सम्झिउन् भन्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखकको भनाइ छ। यसअघि उनले ‘युद्धले भुलेको बाँकी युद्ध’ नामको कविता सङ्ग्रह प्रकाशन गरिसकेका छन्।