काठमाडाैं। २०७४ को जेठ महिना। जन्मिएको दुई महिना पुगेकी छोरी एकाएक बिरामी भइन्। सिकिस्त बिरामी परेपछि अस्पताल लगियो। चेकअप गराउँदा उनको मुटुमा प्वाल देखियो।

एकातिर दुई महिनाकी सुत्केरी थिइन् भने अर्कोतिर छोरीको मुटुमा प्वाल परेको सुन्दा आमा पम्फा थापा अचेत भइन्।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा छोरीको उपचार सुरू भयो। प्वाल परेको मुटुलाई अप्रेशन गरेर मात्र निको हुने डाक्टरको निष्कर्ष थियो। तर, त्यसका लागि तत्काल अप्रेशन गर्न सम्भव थिएन। उनी पाँच वर्ष पुगेपछि मात्र अप्रेशन गर्ने भनियो।

छोरी बिरामी परेको देखेपछि उनका श्रीमान एकाएक हराए। सोधीखोजी गर्दा त थाहा भयो, अर्कै महिलालाई बिहे गरेर भागेछन्। त्यसपछि भने पम्फाका दुःखका दिन सुरू भए।

उनी एकातिर सुत्केरी अवस्थाबाट सहज हुँदै थिइन् भने अर्कोतिर छोरीको चिन्ताले सताउँथ्यो।

श्रीमानको याद र माया पनि उत्तिकै लाग्थ्यो। आँखामा झलझली आउने श्रीमान नै निर्दयी बनेर गएपछि उनी आफ्नो भाग्यलाई नै दोष दिएर आफ्नो कर्ममा लागिन्।

“छोरी बिरामी थिइन्। अस्पतालमा उपचार भइरहेको थियो। तर, श्रीमान भने एकाएक भागेछन्। कता गए भनेर सोधीखोजी गर्दा त अर्कै महिलासँग विवाह गरेर गएछन्,” पम्फाले विगतको दुःख कोट्याउँदै भनिन्।

तीन वर्षदेखि उनकी छोरी औषधिको भरमा बाँचिरहेकी छन्। जेठी छोरी करिश्मा ९ वर्षकी भइन्। तीन वर्षकी कान्छी छोरी कृष्णा भने दिनभर उनकै सहारामा बस्छिन्। पम्फा दिनभर भारी बोक्ने काममा व्यस्त हुन्छिन्। तर, मन र ध्यान भने उनको घरमै हुन्छ।

छोरीहरू के गरिरहेका होलान्, कसरी बसेका होलान् भनेर उनको मन स्थिर हुँदैन। “अहिले पनि दिनको एक पटक औषधि खुवाउनुपर्छ। औषधि नदियो भने छोरी बेहोस भएर ढल्छे। महिनामा चार हजार रूपैयाँको औषधि र २५ सयको जाँच खर्च लाग्छ,” पम्फाले भनिन्।

कोरोना महामारीले बनायो भारी बोक्ने

गत चैतभन्दा पहिला उनी काठमाडौंकै दुई घरमा सरसफाइको काम गर्थिन्। त्यहीँबाट उनको सात हजार पारिश्रमिक आउँथ्यो। त्यही पैसाले उनले छोरीको उपचार, कोठाभाडा, तथा आफ्नो खाना खर्च चलाइरहेकी थिइन्।

तर, कोरोना महामारीले त उनलाई सडकमा ल्याइदिएको छ। लकडाउन भएपछि जुन घरमा काम गर्थिन्, त्यो घरमा मानिसहरू भारत आफ्नो घर गए।

“साहुजीहरू घर गएपछि म कामै नपाएर भौँतारिएँ। त्यसपछि जे परेपर्ला भनेर नाम्लो बोकेर असन, इन्द्रचोकतिर भारी बोक्न निस्किएँ। अहिले कुनै दिन २÷३ सय हुन्छ। कुनै दिन एक पैसा पनि आम्दानी हुँदैन,” उनले भनिन्।

उनले लकडाउन यताको पाँच महिनाको कोठाभाडा समेत तिर्न पाएकी छैनन्। सात महिनामा काम गरेरै भए पनि दुई महिनाको भाडा भने तिरिन्। अब उनलाई पाँच महिनाको कोठाभाडा तिर्ने कि छोरीको औषधि उपचारको खर्च जुटाउने वा खानाको व्यवस्था गर्ने त्यही समस्याले सताउँछ।

“बच्चाका लागि नै भनेर रातदिन दुःख गरेर काम गरिरहेकी छु। जस्तोसुकै काम भए पनि गर्छु। अहिले महाबौद्धमा भारी बोक्छु,” पम्फाले भनिन्, “साहूजीहरूको हात खुट्टा जोड्नुपर्छ। कोही राम्रैसँग भारी बोक्न दिन्छन् र दुई–तीन सय रूपैयाँ दिन्छन्। तर, कोही भने नराम्रो वचन मात्र लगाउँछन्।”

उनको सहारा निःशुल्क खाना अभियान

लकडाउन जारी भएदेखि नै खुलामञ्चमा निःशुल्क खाना वितरण भइरहेको छ। त्यही निःशुल्क खानाका भरमा उनले आफ्नो पेट पालिरहेकी छिन्।

खाना खाने बेला उनी खुलामञ्चमा भए पनि उनको तनमन सबै घरमै छोरीहरू के गरिरहेका होलान् भन्ने तिरै हुन्छ।

“म त यहाँ भात खान्छु। तर, बच्चाहरू घरमा भोकै हुन्छन्। त्यही भएर सके नसके पनि भारी बोकेर काम गर्छु। अनि उनीहरूका लागि खानेकुरा लैजान्छु। यदि म भएन भने मेरो बच्चाहरूको अवस्था के होला?,” उनले भनिन्।

पम्फाले दोलखाको कालीञ्चोक गाउँपालिका सिंगटीका टहलबहादुर सिवाकोटीसँग १५ वर्षअघि विवाह गरेकी हुन्।

विवाह गरेको केही वर्षमा छोरीलाई जन्म दिइन्। त्यसपछि उनले दोस्रो सन्तानको रूपमा पनि छोरी नै जन्माइन्। छोरी बिरामी परेको थाहा पाएपछि भने श्रीमानले दोस्रो विवाह गरे। त्यसपछि भने उनको बिचल्ली भयो।

अहिले काठमाडौंको किलागलमा बस्दै आएका उनी दिनदिनै घरभेटी भाडा माग्न आउन थालेपछि आजित छिन्। “छोरीको उपचार गरूँ कि घरबेटीको भाडा तिरौं,” उनले भनिन्।

श्रीमानले छोडेर गए पनि अहिले दुई छोरीको भविष्य निर्माणका लागि भए पनि उनी भारी बोक्न बाध्य छिन्। “कामै नपाएपछि नाम्लो बोकेर भारी बोक्न हिँडेकी हुँ। पुरूषहरूसँग भारी बोक्ने काममा प्रतिस्पर्धा गर्न निकै गाह्रो हुन्छ। तर, के गर्ने ठूलै हिम्मत लिएर निस्किनुपर्छ,” उनले भनिन्।

खुलामञ्चमा खाना वितरण अभियान रोक्न खोजेको उनी निकै दुःखी छिन्। गरिब तथा मजदुरको भोकको सहारा बनेर आएको खाना अभियान रोक्न खोजेपछि उनीहरूले आक्रोश व्यक्त गर्दै आएका छन्।

महामारी सुुरु भएदेखि सरकारले एक मुठी चामलसमेत दिएको छैन। “सहयोगी दाताले पठाएको खाना खाँदा सरकारलाई लाज भयो रे। लाजै लाग्ने भए हामीलाई सरकारले नै रोजगारीको व्यवस्था गरिदिए हामीलाई पनि यसरी खान त रहर थिएन नि,” उनले भनिन्।

" /> काठमाडाैं। २०७४ को जेठ महिना। जन्मिएको दुई महिना पुगेकी छोरी एकाएक बिरामी भइन्। सिकिस्त बिरामी परेपछि अस्पताल लगियो। चेकअप गराउँदा उनको मुटुमा प्वाल देखियो।

"> पम्फाका दु:ख : छोरीको मुटुमा प्वाल परेपछि श्रीमानले छाडेर गए, अनि थालिन् भारी बाेक्न: Dekhapadhi
पम्फाका दु:ख : छोरीको मुटुमा प्वाल परेपछि श्रीमानले छाडेर गए, अनि थालिन् भारी बाेक्न

प्रतिक्रिया दिनुहोस्