काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। कोरोना महामारीका कारण स्थगित भएको स्नातक तह चौथो वर्षको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्रको परीक्षा तालिका सार्वजनिक गरेको हो।
त्रिविले सार्वजनिक गरेको तालिका अनुसार मंसिर २८ गतेदेखि परीक्षा सञ्चालन हुनेछ। परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा फारम भर्न छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमै गएर दोब्बर दस्तुर बुझाएर फारम भर्ने पाउने त्रिविले जनाएको छ।
परीक्षामा अनुपस्थित हुने विद्यार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने त्रिविले निकालेको सूचनामा उल्लेख गरिएको छ। त्यस्तै कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रिवि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन। परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा सात दिनभित्र जानकारी दिनुपर्नेछ।
प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुपर्नेछ। परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ।
सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उत्तरपुस्तिका तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ।
परीक्षा भवनभित्र मोबाइल फोन, स्मार्ट वाच, व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइने छैन। अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।
परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रिवि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफूले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ। यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनुपर्ने त्रिविले जनाएको छ।
आफूलाई पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ। त्यसका लागि त्रिविले यसअघि नै अनलाइन फारम भर्न आह्वान गरेको थियो। कोभिड–१९ को प्रकोपका कारण सार्वजनिक विदाको दिन पनि परीक्षा संचालन हुनेछ।
परीक्षा आवेदन फारम भर्न छुटेका विद्यार्थीले मंसिर ८ गतेभित्र भर्न सकिनेछ। क्याम्पसहरुले मङ्सिर १० गते भित्र आवश्यक प्रक्रिया पुर्याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्ने त्रिविले जनाएको छ।