काठमाडौं। चेक बाउन्स गरेको आरोपमा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआबी) ले एक जनालाई पक्राउ गरेको छ।
सप्तरीको वलान–बिहुल गाउँपालिका–५ रामनगरका ३२ वर्षीय सूर्यप्रसाद साहलाई पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–१० बानेश्वर भेनस अस्पताल अगाडिबाट उनलाई सीआइबीाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले साहविरुद्ध प्रहरीमा उजुरी दिएको थियो। एमबीबीएस तहमा अध्ययन गर्न उनले प्रथम किस्ता वापतको १३ लाख ४१ हजार रूपैयाँ बराबरको चेक विश्वविद्यालयलाई दिएको तर, खातामा सो अनुसारको पैसा नभएको पाइएपछि विश्वविद्यालयले बैंकिङ कसूरमा काभ्रे प्रहरीमा उजुरी दिएको थियो।
आफूविरुद्ध उजुरी परेपछि उनी फरार थिए। तर, खोजी गर्ने क्रममा उनी सीआइबीबाट खटिएको प्रहरीद्वारा पक्राउ परेका हुन्।
काभ्रे प्रहरीले बैंकिङ कसूरमा अनुसन्धान थालेको जनाएको छ।