काठमाडौं । हत्या गरी फरार भएको १६ वर्षपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले ३३ वषीय हरि गिरी भनिने रामकुमार गिरीलाई सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाट पक्राउ गरेको हो।
उनी झापाको मेचीनगर नगरपालिका वडा नम्बर–७ का हुन्। २०६१ माघ ११ गते राति ८ बजे सामाखुसीमा उनले जीवन लोहनीको हत्या गरेका थिए।
महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जीवनले गिरीका साथी प्रकाश लामाको कानमा लगाएको मुन्द्रा मागेका थिए।
प्रकाशले मुन्द्रा दिन नमान्दा प्रकाशलाई कुटपिट गरेको र सोही निहुँमा गिरीले जीवनको हत्या गरेको प्रवक्ता कार्कीले बताए। कर्तव्य ज्याम मुद्दामा उनै गिरीलाई जिल्ला अदालत काठमाडौंले २०६४ असार ११ गते कैद सजायसहितको फैसला सुनाएको थियो।
अनुसन्धानको क्रममा गिरी हत्यापछि विदेशमा केही वर्ष बसेको खुलेको छ। विदेश पुग्न भने उनले आफ्नो परिवर्तन गरी सनोज गिरी बनाएको पाइएको प्रवक्ता कार्की बताउँछन्।