काठमाडौं। भारतको सहयोगमा धनुषाको कुम्हरौडामा निर्माण भएको लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नव निर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। भारतको २.६२ करोड आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको हो।
भवनको उद्घाटन काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई धनुषा तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरु द्वारा आज संयुक्त रुपमा गरिएको थियो।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा १५ वटा कक्षा कोठा र सरसफाई सुविधा सहितको उक्त तीन तल्ले विद्यालय भवनको निर्माण भएको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ।
“भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको हो,” दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
भारतले हालसम्म नेपालमा ४२४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ, जसमध्ये धनुषामा १० वटा गरी प्रदेश नं २ मा ४५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन्।
धनुषा जिल्लामा ९ वटा समेत गरी प्रदेश नं २ मा भारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरुमा रहेको दूतावासले जनाएको छ।
लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय सन् १९५६ मा स्थापना भएको हो। विद्यालयमा करिब १ हजार १०७ जना विद्यार्थीहरु अध्ययनरत छन्, जसमध्ये ५० प्रतिशत भन्दा बढी छात्रा रहेका छन्। यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा दूतावासले गरेको छ।
“यस परियोजनाले नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ,” दूतावासले भनेको छ।
" /> काठमाडौं। भारतको सहयोगमा धनुषाको कुम्हरौडामा निर्माण भएको लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नव निर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। भारतको २.६२ करोड आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको हो।भवनको उद्घाटन काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई धनुषा तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरु द्वारा आज संयुक्त रुपमा गरिएको थियो।

">