कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिए
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री ओली उपचाररत त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर देउवाले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

देउवाले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरूसँग भेटर उनको स्वास्थ्य अवस्थाबारे चासो राखेको देउवाका सहयोगी भानु देउवाले देखापढीलाई जानकारी दिए।

उनका अनुसार देउवाले उपचारमा संलग्न चिकित्सक र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसँग भेटेका छन्।

प्रधानमन्त्री ओलीलाई सेन्टरको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। उनलाई चिकित्सकहरुबाहेक अरुलाई भेट्न दिइएको छैन।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीको १० मंसीरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्