आगलागीबाट २९ लाखको क्षति
काठमाडौं। झापाको कन्काई नगरपालिका-४, टेक्राकी ताराकुमारी कार्कीको खेतमा थ्रेसरबाट सल्केको आगोले १६ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ।

प्र.०१.००१ त ८११३ नम्बरको ट्रयाक्टरमा जोडिएको थ्रेसरबाट धान झार्ने क्रममा आइतबार दिउँसो आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागी हुँदा धान र थ्रेसरको भाग आंशिकरूपमा जलेको छ।

यस्तै उदयपुरको बेलका नगरपालिका-३, एबीसी टप्पुमा दुई घरमा आगलागी भएको छ।

ईन्द्र मगर र सोही ठाउँका हेमकुमार मगरको घरमा आइतबार दिउँसो आगलागी भएको हो।

आगलागीबाट दुवैको घर र घरमा रहेको चार क्विन्टल मकै र १२ क्विन्टल धान पूर्णरूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आगलागीका कारण करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्