काठमाडौं। महोत्तरीको गौशाला नगरपालिका-२, निगौल मठमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ।
बीआर ३० ऐक्स ९२३२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ४५ वर्षीय छट्टु मुखियाको आइतबार बेलुका मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी सोही नगरपालिकाको निगौल टोलका हुन्।
आइतबार राति चितवनको भरतपुर महानगरपालिका-५, पञ्चरत्नमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ। ठक्करपछि पैदलयात्री ७१ वर्षीय तुलाराम भुसालको मृत्यु भएको छ।
ना १५ प ७७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भुसाल गम्भीर घाइते भएका थिए।
उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-२७, जसौलीमा आयतबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
लु ३ त ६४६ नम्बरको ट्रयाक्टर सिँचाइ नहरको पुलबाट पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरको इन्जिनमा च्यापिएर १२ वर्षीय छोरा विवेककुमार यादवको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।
मृतक बालक सोही ट्रयाक्टरका चालक उमेशप्रसाद यादवको छोरा हुन्। उनीहरूको घर पर्साकै बहुदरमाई नगरपालिका–३ पदमौलमा छ।
कास्कीमा भने बसले मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-१४, चाउथेमा हाल नम्बर नखुलेको बसले ना ४१ प ५४१७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक ३४ वर्षीय विश्वास देवकोटाको मृत्यु भएको हो।
उनी चितवनको भरतपुर महानगरपालिका-१३ का हुन्। दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले फरार बस चालकको खोजी गरिरहेको छ। रासस
" /> काठमाडौं। महोत्तरीको गौशाला नगरपालिका-२, निगौल मठमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ।बीआर ३० ऐक्स ९२३२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ४५ वर्षीय छट्टु मुखियाको आइतबार बेलुका मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

">