स्रोत नखुलेको नेपाली १६ लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका-८, माइस्थानचोकबाट प्रहरीले स्रोत नखुलेको १६ लाख रूपैयाँ बरामद गरेको छ।

भारतीय नागरिक ५० वर्षीय कृष्णकुमार जैनबाट नेपाली रकम बरामद गरिएकाे हाे।

जैन भारतको रक्सौल पूर्वी चम्पारण-१० का हुन्।

आइतबार दिउँसो प्रहरीले रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उनलाई स्रोत नखुलेको उक्त रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीले उनी हुण्डी कारोबारी भएको हुन सक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्