फर्निचर उद्योगमा तास खेलिरहेका ९ जुवाडे पक्राउ  <p>काठमाडौं। सुनसरीको दुहबी नगरपालिका-३ बाट ९ जना जुवाडे पक्राउ परेका छन्।&nbsp;</p> <p>उनीहरू आलम हुसेनको काठ फर्निचर उद्योगमा तास खेलिरहेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।</p> <p>प्रहरीले सोही ठाउँ बस्ने ३४ वर्षीय अनिश सिंह लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।</p> <p>उनीहरूको साथबाट नगद ७७ हजार ७१० रूपैयाँ र तीन बुक तास प्रहरीले बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्