काबुल। अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी आठ जना सर्वसाधारणको ज्यान गएको छ। उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी आठ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब सात जना गम्भीर रुपमा घाइते भएका बताइएको छ।
नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार प्रहार भएको छ। त्यसमा परी सो क्षेत्रमा बसोबास गर्ने ती नागरिकको ज्यान गएको बताइएको छ। सो गजनी प्रान्तका प्रान्तीय प्रवक्ता जाहिदुल्लाह जुमाले जानकारी दिएका छन्।
सो आवास क्षेत्रमा भएको मोर्टार प्रहारमा परेर त्यहाँ बसिरहेका आठ जनाको ज्यान गएको छ भने अरु सात जना सख्त घाइते भएका प्रवक्ता जुमाले बताएका हुन्।
आइतबार साँझ सो क्षेत्रमा मोर्टार प्रहार भएको थियो। तर त्यो मोर्टार कसले र किन हानेको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन। तर पनि अफगानिस्तानमा हिंसा गरिरहेका तालिबानहरुले नै सो हमला गरेको हुनसक्ने यहाँका सुरक्षा निकायले दाबी गरेका छन्।
यस हमलाको तालिबानहरुले भने कुनै जिम्मेवारी लिएका छैनन्। यस विषयमा उनीहरुबाट कुनै प्रतिक्रिया पनि आएको छैन। रासस/एएनआई