काठमाडौं। सरकारले भारतीय सीमा क्षेत्रमा आठदेखि १० किलोमिटरको दूरीमा बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) राखेको छ। सीमा सुरक्षार्थ बीओपी राखेको हो।
उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा क्षेत्रको केही स्थानमा पनि बीओपी राखेको छ। तर, नेपालको धेरै सीमा भारतसँग जोडिएको छ।
सोही अनुसार सरकारले बीओपी नेपाल-भारत सीमा क्षेत्रमा बढी स्थापना गरेको छ। यसरी आठदेखि १० किलोमिटरको दूरीमा नेपाल सरकारले बीओपी राख्दा भारतले भने दुईदेखि तीन किलोमिटरको दूरीमा सीमा सुरक्षा बल राखेको छ।
भारतले सीमा सुरक्षा बलको पोस्ट ५०३ वटा स्थापना गरिसकेको छ। नेपालले बल्ल बीओपी १८३ वटा पुर्याएको छ। यो सङ्ख्यात्मक रूपमा भारतको भन्दा निक्कै कम हो।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ सरकारले सीमामा भारतकै सङ्ख्यामै बीओपी स्थापना गर्नुपर्ने बताउँछन्। सीमाको सवाल गम्भीर हुने हुँदा सीमा सुरक्षामा सरकार संवेदनशील हुनुपर्ने उनको जोड छ।
गत चैत यता सीमाको सवालमा सरकार केही संवेदनशील भएको देखिन्छ। सशस्त्र प्रहरी बलको मुख्यालयका अनुसार भारत र चीन सीमा क्षेत्रमा सरकारले चैतयता मात्रै ६७ वटा बीओपी स्थापना गरेको छ।
केही बीओपीको उद्घाटन गर्ने सरकारको तयारी छ। पाँचथरको चारराते क्षेत्रमा पनि बीओपी कात्तिक २७ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
भारतले प्रत्येक सीमा सुरक्षा बलको पोस्टमा ५० देखि ५५ जनासम्म सुरक्षाकर्मी तैनाथ गर्दा नेपालले २० देखि ३५ जनासम्म मात्रै खटाएको छ। कतिपय बीओपीमा त्यति सङ्ख्यामा पनि जनशक्ति छैनन्। यस्तो अवस्थामा सीमा क्षेत्रको प्रभावकारी सुरक्षाका लागि सशस्त्र प्रहरीको जनशक्ति बढाउन सरकार लाग्नुपर्ने सीमाविद् श्रेष्ठले सुझाएका छन्।
सरकारले स्थापना गरिएका बीओपीमा जनशक्ति पर्याप्त व्यवस्थापन गर्नेमा भने त्यति चासो दिएको छैन।
भारतले प्रत्येक सीमा सुरक्षा बलको पोस्टमा ५० देखि ५५ जनासम्म सुरक्षाकर्मी तैनाथ गर्दा नेपालले २० देखि ३५ जनासम्म मात्रै खटाएको छ।
कतिपय बीओपीमा त्यति सङ्ख्यामा पनि जनशक्ति छैनन्। यस्तो अवस्थामा सीमा क्षेत्रको प्रभावकारी सुरक्षाका लागि सशस्त्र प्रहरीको जनशक्ति बढाउन सरकार लाग्नुपर्ने सीमाविद् श्रेष्ठले सुझाएका छन्।
“भारतको जति सुरक्षाकर्मीको सङ्ख्या पुर्याउनुपर्छ भन्ने होइन तर बढाउनुचाहिँ पर्छ, जसले सीमा सुरक्षा प्रभावकारी हुन्छ,” उनले देखापढीसँग बताए।
हाल नेपालमा सीमा सुरक्षार्थ खटाइएका सशस्त्र प्रहरी बलको जनशक्ति ११ हजारको सङ्ख्यामा छ। २७ हजार जति जनशक्ति जिल्लामा गुल्म स्थापना गरेर र भीभीआईपीको सुरक्षामा खटाइएको छ।

सीमा सुरक्षाका लागि स्थापना गरिएको बीओपीमा भने कम जनशक्ति छ। सीमाविद् श्रेष्ठका अनुसार भारतको सीमा सुरक्षा बलमा अहिले ४५ हजार जनशक्ति छन्।
यसरी एकातिर जनशक्ति कम र अर्कातिर लामो दूरीमा बीओपी रहेको अवस्था छ। भएकोमध्ये पनि १३ वटा बीओपी त टहरामा छ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजु अर्यालका अनुसार ४७ वटाको मात्र आफ्नै भवन छ। १२३ वटा चाहिँ सरकारी कार्यालय तथा निजी घर भाडामा लिएर राखिएको छ।
उता भारततर्फ भने सबै सीमा सुरक्षा बलको आफ्नै पक्की भवन छ।
यससँगै पर्याप्त सवारीको असुविधा पनि बीओपीलाई छ। कतै मोटरसाइकल त एकाध ठाउँमा मात्रै गाडीको सुविधा छ।
यसले गर्दा सरकारले सीमा सुरक्षार्थ स्थापना गरिएका बीओपीलाई व्यवस्थित गर्न बाँकी रहेको प्रस्ट हुन्छ।
पर्याप्त सवारीसाधन, सुविधा सम्पन्न र व्यवस्थित भवन, पर्याप्त जनशक्ति र ५०० को सङ्ख्यामा बीओपी भएको अवस्थामा नेपाली भूमि मिचिने क्रम घट्न सक्ने सीमाविद्हरूले औंल्याउने गरेका छन्।
यस्तै, सशस्त्र प्रहरी प्रवक्ता अर्यालले हाल बीओपीमा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षाको अतिरिक्त सीमा स्तम्भको रक्षा र सीमा अपराध नियन्त्रणमा भूमिका निर्वाह गर्दै आएका छन्।
उनले बीओपीबाट सीमापार चोरी पैठारी नियन्त्रण र नेपाली नागरिकलाई सीमापार आवातजावतमा सहजीकरण पनि हुने गरेको बताए।
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को संक्रमणपछि भने नेपाल-भारत क्षेत्रको नाकाहरूबाट मात्रै नेपाली नागरिकलाई प्रवेश गराउने र भारतीय नागरिकलाई प्रवेश नदिने बीओपीमा रहेका सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ।
सरकारले नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतसँग सीमा विवाद चर्किएसँगै पश्चिमी सीमा क्षेत्र कालापानी नजिक छाङरूसहित तराई मधेश र पहाडी क्षेत्रहरूमा बीओपी स्थापनालाई तीव्रता दिएको हो।
चालु आर्थिक वर्षमा २११ वटा स्थापना गरिने र क्रमशः ५०० वटा स्थापना गर्ने गृह मन्त्रालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा ६६ वटा बिओपी स्थापना गर्न बजेट विनियोजन गरेको छ। त्यसमध्ये अधिकांश स्थापना भएका छन्। केही स्थापना हुने क्रममा छन्।
नौ हजार जनशक्ति थप्न सशस्त्रको प्रस्ताव
सीमा सुरक्षार्थ सशस्त्र प्रहरीलाई बीओपीमा सरकारले खटाएपछि सशस्त्र प्रहरीले जनशक्ति थप्न प्रस्ताव गरेको छ।
नौ हजारको सङ्ख्यामा जनशक्ति थप्न सशस्त्रको प्रस्ताव छ। त्यति सङ्ख्यामा जनशक्ति थपिएपछि बीओपीमा पर्याप्त जनशक्ति हुने सशस्त्र प्रहरी मुख्यालयको विश्वास छ।
.jpg)
तर, कोरोना भाइरसको महामारीका कारण जनशक्ति थप्न सरकारले अस्वीकार गरेको छ। यसले गर्दा पर्याप्त जनशक्ति खटाउन सशस्त्र प्रहरी यस वर्ष असमर्थ हुने देखिन्छ।
हाल ३८ हजार जनशक्ति सशस्त्र प्रहरीको छ। त्यसमध्ये करिब ११ हजारको सङ्ख्यामा बीओपीमा खटिएका छन्।
कहाँ कति बीओपी?
सर्वाधिक बीओपी प्रदेश २ मा स्थापना भएका छन्। भारतसँग सीमा जोडिएको लामो क्षेत्र त्यहीँ भएकोले प्राथमिकताका साथ सरकारले त्यहाँ बढी बीओपी स्थापना गरेको हो।
.jpg)
हाल सर्वाधिक ६० वटा बीओपी प्रदेश २ मा छन्। त्यसपछि सुदूरपश्चिम प्रदेशमा ४१ वटा, प्रदेश १ मा ३६ वटा, लुम्बिनी प्रदेशमा ३५ वटा, बागमती प्रदेशमा आठ, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एउटा बीओपी स्थापना भएका छन्।
यस्तै, देशको उत्तरी मुलुक चीनसँगको सीमा नाकामा पनि १५ वटा बीओपी स्थापना गर्ने तयारीमा सरकार जुटेको छ। त्यसमध्ये ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथाङका, दोलखाको लामाबगर, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको लोमान्थाङ र हुम्लाको हिल्सामा बीओपी स्थापना भइसकेको सशस्त्र प्रहरी बलको मुख्यालयले जनाएको छ।
" /> काठमाडौं। सरकारले भारतीय सीमा क्षेत्रमा आठदेखि १० किलोमिटरको दूरीमा बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) राखेको छ। सीमा सुरक्षार्थ बीओपी राखेको हो।उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा क्षेत्रको केही स्थानमा पनि बीओपी राखेको छ। तर, नेपालको धेरै सीमा भारतसँग जोडिएको छ।

">