काठमाडाैं। नेपाल प्रज्ञा-प्रतिष्ठानबाट बङ्गलादेशका पिता मानिने शेख मुजिबुर रहमानको जेल संस्मरणमा आधारित ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशन भएको छ।
बङ्गलादेशमा ‘बङ्गबन्धु’को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको बङ्गाली भाषामा लेखिएका अनुभव र अनुभूतिलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रहमानले बङ्गालादेश निर्माणका क्रममा भोगेका भोगाइ र अनुभूत गरेका अनुभवहरू दक्षिण एसियाका उदीयमान नेताहरूका लागि प्रेरक रहेकाले उनीद्वारा लिखित तथा बङ्गाल एकेडेमीद्वारा प्रकाशित कृति अनुवाद गरिएको बताए।
उप्रेतीले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सको आग्रहमा पुस्तकको अनुवाद तथा प्रकाशन गरिएको जनाउँदै यो नेपाल-बङ्गलादेशबीच सांस्कृतिक तथा साहित्यिक आदान-प्रदान गर्ने पहलको निरन्तरता भएको बताए।
मूल भाषा बङ्गालीबाट डा. फकरुल आलमले अङ्ग्रेजीमा अनुवाद गरेको ३६२ पृष्ठको पुस्तकलाई महेश पौड्यालले नेपालीमा अनुवाद गरेका हुन्।
यसको सम्पादन कुलपति उप्रेतीले गरेका छन्। यसअघि प्रतिष्ठानबाट रहमानद्वारा लिखित पुस्तक ‘ती अधुरा स्मरणहरू’ प्रकाशित भइसकेको छ। रासस
" /> काठमाडाैं। नेपाल प्रज्ञा-प्रतिष्ठानबाट बङ्गलादेशका पिता मानिने शेख मुजिबुर रहमानको जेल संस्मरणमा आधारित ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशन भएको छ।बङ्गलादेशमा ‘बङ्गबन्धु’को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको बङ्गाली भाषामा लेखिएका अनुभव र अनुभूतिलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो।

">