काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २२औं समूहको हलुका सवारी चालक तालिम आइतबारबाट सुरू भएको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर नरोत्तमलाल प्रधानले तालिम उद्घाटन गर्दै सवारीसाधनमा हुने नयाँ प्रविधिको ज्ञानको बारेमा अभ्यास तथा जानकारी दिएका छन्।
उनले अझ योग्य र दक्ष चालकको रूपमा विकास गर्ने लक्ष्यसहित कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै सुरक्षाका उपाय अवलम्बन गरी तालिम सञ्चालन गरिएको बताए।
प्रहरी निरीक्षक इन्जिनियर अञ्जनराज खरेलले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन्। ४५ दिन कार्यावधिको उक्त तालिममा ३१ जना प्रहरी कर्मचारीको सहभागिता रहेको प्रधानले जानकारी दिए।
" /> काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २२औं समूहको हलुका सवारी चालक तालिम आइतबारबाट सुरू भएको छ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर नरोत्तमलाल प्रधानले तालिम उद्घाटन गर्दै सवारीसाधनमा हुने नयाँ प्रविधिको ज्ञानको बारेमा अभ्यास तथा जानकारी दिएका छन्।

">