काठमाडौं। साथीको हत्या आरोप लागेका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका-१ का २८ वर्षीय कुमार भन्ने मानकुमार थिङ रहेका छन्।
उनलाई ललितपुरको बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुराँस घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
थिङले २०७६ साउन २८ गते ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्काको हत्या गरेको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखा मीन भवनबाट खटिएको प्रहरीले मकवानपुर गढी गाउँपालिका-१ ठाँटीटोलबाट पक्राउ गरेको हो।
घटनामा संलग्न आरोपमा धने भन्ने आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दीपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।
थिङलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मीन भवनले जनाएको छ।
" /> काठमाडौं। साथीको हत्या आरोप लागेका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका-१ का २८ वर्षीय कुमार भन्ने मानकुमार थिङ रहेका छन्।उनलाई ललितपुरको बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुराँस घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

">