आगलागीबाट साढे १३ लाख बढीको क्षति
काठमाडौं। खोटाङको जन्तेढुंगा गाउँपालिका-६, सोभेकी कल्पना राईको घर, गोठ र ग्वालीमा आगलागी भएको छ।

आगो ग्वालीबाट सल्किएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार शनिबार बिहान भएको आगलागीबाट कल्पनाको घर, ग्वाली, गोठ, अन्नपात, भाँडावर्तन लगायतका सामान जलेर खरानी भएको छ।

आगलागीबाट करिब १० लाख ६४ हजार ५०० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै बाँकेको नरैनापुर गाउँपालिका–६ कोदखेटुवाका रमेश यादव लगायत पाँचजनाको गोठमा शनिबार दिउँसो आगलागी हुँदा पाँचैजनाको गोठ र सामान जलेर नष्ट भएको छ।

करिब २ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो।

प्रतिक्रिया दिनुहोस्