काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु चोकमा एक जना मृत फेला परेका छन्।
पार्किङ गरी राखेको बा.२ ख १०९ नम्बरको बसमा अन्दाजी ३५ वर्षी पुरूषको शव फेला परेको हो।
उनी सोही स्थानमा भरियाको काम गर्ने गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शवको हालसम्म सनाखत भएको छैन।
यस्तै, धनकुटाको चौबेसे गाउँपालिका–७ र ८ को बीचमा पर्ने चावा खोलामा एक जना वृद्ध मृत फेला परेका छन्।
सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने ७६ वर्षीय हर्कबहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला परेका हुन्।
कात्तिक ४ गते भान्जा गणेशकुमार लिम्बुको घर र आफ्नो खेतबारी हेर्न जान्छु भनी हिँडेकोमा घर फर्की नआएपछि खोजी गर्दा खोलामा उनको शव फेला परेको हो ।
प्रहरीले हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु चोकमा एक जना मृत फेला परेका छन्।पार्किङ गरी राखेको बा.२ ख १०९ नम्बरको बसमा अन्दाजी ३५ वर्षी पुरूषको शव फेला परेको हो।

">