निर्माणधिन घरबाट खसेर मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा निर्माणाधिन एक घरको तेस्रो तलाबाट खस्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४६ वर्षीय वीरबहादुर तामाङ रहेका छन्। उनी शनिबार साँझ काम गर्ने क्रममा तेस्रो तलाबाट खसेका थिए।

उनको घटनास्थलमै मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनी नुवाकोटका हुन्।

तर, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–६ थलीमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्