सिमेन्ट घोल्ने मेसिन खसेपछि समाउने क्रममा करेन्ट लाग्दा मृत्यु

काठमाडाैं। भक्तपुरको भक्तपुर नगरपालिका-५, लाकुलाछेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

३५ वर्षीय राज भेलेको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो।

सूर्यविनायक नगरपालिका-७, गुण्डुस्थित कृष्णमन्दिर नजिक आफ्नै निर्माणाधीन घरमा सिमेन्ट घोल्ने मेसिन खसेकोले समाउने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। उनको ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्