काठमाडौं। मकवानपुरको बकैया गाउँपालिका–४ नयाँदमारका २० वर्षीय विकास वाइवाको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका २० वर्षीय नै भीमराज भोलन रहेका छन्। उनलाइ जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
सोही ठाउँको सिमाद खोलाको बगरस्थित फुटबल चौरमा बसेर चुरोट खाइरहेका विकाससँग विवाद हुँदा भीमराजले साथमा बोकेको खुकुरी प्रहार गरी विकासको हत्या गरेका थिए।
घटनापछि भीमराज फरार भएका थिए। उनी ललितपुरको बागमती गाउँपालिका–२ माल्टाबाट पक्राउ परेका हुन्।
भीमराज उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान तथा आवश्यक कानुनी कारबाही थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
" /> काठमाडौं। मकवानपुरको बकैया गाउँपालिका–४ नयाँदमारका २० वर्षीय विकास वाइवाको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँका २० वर्षीय नै भीमराज भोलन रहेका छन्। उनलाइ जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

">