काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ। ती घटनामा सातजना घाइते भएका छन्।

सल्यान, दाङ, बैतडी, झापा, बर्दिया, स्याङ्जा र काठमाडौंमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

सल्यानको छत्रेश्वरी गाउँपालिका-४, दिवाङघारीमा हिजो साँझ जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खा बडारतर्फ जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप साँझ साढे ५ बजे सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।

दुर्घटनामा मृत्यु हुनेमा सवारी चालक रोल्पाको गंगादेव गाउँपालिका-७, जुगेलाका ३५ वर्षीय भीमबहादुर ओली, जीपमा सवार सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव-५ का ६५ वर्षीय गंजबहादुर बुढा रहेका छन्। जीपमा सवार अन्य चारजना भने सकुशल रहेको अस्थायी प्रहरी पोष्ट बुढागाँउले जनाएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका-२, बडियामा हिजो साँझ बोलेरो जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-२ का ३३ वर्षीय वीरबहादुर कुँवर छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी खोचलेकले जनाएको छ।

दुर्घटनामा घाइते भएका जीप चालकलाई उपचारको लागि धनगढी पठाइएको छ। सिल्लेगडाबाट कपल्कोटतर्फ जाँदै गरेको ग १ ज ५१९२ नम्बरको जीप हिजो साँझ पौने ७ बजे पल्टिएको थियो।

झापाको बिर्तामोड नगरपालिका-२, चारपानेमा हिजो बेलुकी पौने ९ बजे मे १ ज ४७६७ नम्बरको स्करपियो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका-५ का २७ वर्षीय मनोज कार्की छन्। विर्तासिटी अस्पतालमा उपचारको क्रममा कार्कीको गएराति मृत्यु भएको हो।

दुर्घटना पश्चात फरार रहेका जीप चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका-८, तिलकानामा हिजो बेलुकी मोटरसाइकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बढैयाताल गाउँपालिका-७ का २६ वर्षीय अर्जुन रिमाल र पछाडि सवार २३ वर्षीया ललिता रिमाल रहेका छन्। उनीहरूको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

खजुराबाट तिलकानातर्फ जाँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नम्बरको ट्याक्टर हिजो बेलुकी साढे ७ बजे आपसमा ठोक्किएका हुन्। ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको छ।

स्याङ्जाको भिरकोट नगरपालिका-५, हर्खौडीमा हिजो बेलुकी जीप पल्टिँदा चारजना घाइते भएका छन्। घाइते सबैलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ। घाइतेमध्ये जीपमा सवार भीरकोट नगरपालिका-५ का ५२ वर्षीय दिलबहादुर सेनको अवस्था भने गम्भीर रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।

पकान फाँटबाट पराल लिएर हर्खौडी जाँदै गरेको लु १ च २६ ९६ नम्बको जीप हिजो बेलुकी ७ बजे पल्टिएको थियो।

काठमाडौंको गोकणेश्वर नगरपालिका-७, नारायणटार पुल नजिकै शनिबार साँझ २ ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्।

बा ९५ प ४७९ र लु ६४ प ५०८ नम्बरको मोटरसाइकल शनिबार साँझ सवा ६ बजे आपसमा ठोकिएका थिए। दुर्घटनामा घाइते भएका तीनैजना उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये ४७९ नम्बरको मोटरसाइकल चालक काठमाडौंकै दक्षिणढोका बस्ने ३२ वर्षीय बुद्ध बमजनको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ। ती घटनामा सातजना घाइते भएका छन्।

"> छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु, सातजना घाइते: Dekhapadhi सल्यानको छत्रेश्वरी गाउँपालिका-४, दिबाङघारीमा हिजो साँझ जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।
• बर्दियाको बढैयाताल गाउँपालिका-८, तिलकानामा हिजो बेलुकी मोटरसाइकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु, सातजना घाइते
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ। ती घटनामा सातजना घाइते भएका छन्।

सल्यान, दाङ, बैतडी, झापा, बर्दिया, स्याङ्जा र काठमाडौंमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

सल्यानको छत्रेश्वरी गाउँपालिका-४, दिवाङघारीमा हिजो साँझ जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खा बडारतर्फ जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप साँझ साढे ५ बजे सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।

दुर्घटनामा मृत्यु हुनेमा सवारी चालक रोल्पाको गंगादेव गाउँपालिका-७, जुगेलाका ३५ वर्षीय भीमबहादुर ओली, जीपमा सवार सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव-५ का ६५ वर्षीय गंजबहादुर बुढा रहेका छन्। जीपमा सवार अन्य चारजना भने सकुशल रहेको अस्थायी प्रहरी पोष्ट बुढागाँउले जनाएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका-२, बडियामा हिजो साँझ बोलेरो जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-२ का ३३ वर्षीय वीरबहादुर कुँवर छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी खोचलेकले जनाएको छ।

दुर्घटनामा घाइते भएका जीप चालकलाई उपचारको लागि धनगढी पठाइएको छ। सिल्लेगडाबाट कपल्कोटतर्फ जाँदै गरेको ग १ ज ५१९२ नम्बरको जीप हिजो साँझ पौने ७ बजे पल्टिएको थियो।

झापाको बिर्तामोड नगरपालिका-२, चारपानेमा हिजो बेलुकी पौने ९ बजे मे १ ज ४७६७ नम्बरको स्करपियो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका-५ का २७ वर्षीय मनोज कार्की छन्। विर्तासिटी अस्पतालमा उपचारको क्रममा कार्कीको गएराति मृत्यु भएको हो।

दुर्घटना पश्चात फरार रहेका जीप चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका-८, तिलकानामा हिजो बेलुकी मोटरसाइकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बढैयाताल गाउँपालिका-७ का २६ वर्षीय अर्जुन रिमाल र पछाडि सवार २३ वर्षीया ललिता रिमाल रहेका छन्। उनीहरूको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

खजुराबाट तिलकानातर्फ जाँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नम्बरको ट्याक्टर हिजो बेलुकी साढे ७ बजे आपसमा ठोक्किएका हुन्। ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको छ।

स्याङ्जाको भिरकोट नगरपालिका-५, हर्खौडीमा हिजो बेलुकी जीप पल्टिँदा चारजना घाइते भएका छन्। घाइते सबैलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ। घाइतेमध्ये जीपमा सवार भीरकोट नगरपालिका-५ का ५२ वर्षीय दिलबहादुर सेनको अवस्था भने गम्भीर रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।

पकान फाँटबाट पराल लिएर हर्खौडी जाँदै गरेको लु १ च २६ ९६ नम्बको जीप हिजो बेलुकी ७ बजे पल्टिएको थियो।

काठमाडौंको गोकणेश्वर नगरपालिका-७, नारायणटार पुल नजिकै शनिबार साँझ २ ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्।

बा ९५ प ४७९ र लु ६४ प ५०८ नम्बरको मोटरसाइकल शनिबार साँझ सवा ६ बजे आपसमा ठोकिएका थिए। दुर्घटनामा घाइते भएका तीनैजना उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये ४७९ नम्बरको मोटरसाइकल चालक काठमाडौंकै दक्षिणढोका बस्ने ३२ वर्षीय बुद्ध बमजनको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्