काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदम निर्वाचित क्रमशः जो बाइडेन र कमला हयारिसलाई बधाई दिएकी छन्।
“संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा कमला हयारिसलाई हार्दिक बधाई,” राष्ट्रपति भण्डारीले आज ट्वीटर मार्फत भनेकी छन्।

राष्ट्रपति भण्डारीले बाइडेन र कमलाको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेकी छन्।
“उहाँहरुको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु,” राष्ट्रपति भण्डारीले भनेकी छन्।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको लागि भएको निर्वाचनमा हिजो बाइडेन र कमला बिजयी भएका हुन्।
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदम निर्वाचित क्रमशः जो बाइडेन र कमला हयारिसलाई बधाई दिएकी छन्।“संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा कमला हयारिसलाई हार्दिक बधाई,” राष्ट्रपति भण्डारीले आज ट्वीटर मार्फत भनेकी छन्।

">