काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत दक्षिण सुडान (अनमिस)मा तैनाथ हुन नेपाली सेनाको २१३ जनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
“शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ (अनमिस) मिसनमा तैनाथ तारादल गण छैठौं डफ्फालाई बदली गर्नको लागि आज कात्तिक २३ गते प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा गोरखबहादुर गण सातौं डफ्फाको २१३ जना नेपाली शान्ति सैनिक, मिसन इलाकातर्फ प्रस्थान गरेका छन्,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरीएको यो अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ।
यसै क्रममा दक्षिण सुडानबाट सेनानी दीपक अर्यालको कमाण्डमा २११ जना शान्ति सैनिकहरू मिति कात्तिक २४ गतेको बिहान नेपाल आईपुग्ने सेनाले जनाएको छ।
" /> काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत दक्षिण सुडान (अनमिस)मा तैनाथ हुन नेपाली सेनाको २१३ जनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।“शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ (अनमिस) मिसनमा तैनाथ तारादल गण छैठौं डफ्फालाई बदली गर्नको लागि आज कात्तिक २३ गते प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा गोरखबहादुर गण सातौं डफ्फाको २१३ जना नेपाली शान्ति सैनिक, मिसन इलाकातर्फ प्रस्थान गरेका छन्,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

">