काठमाडौं। त्रिभुवन विश्वविद्यालयले तिहारपछि परीक्षा सञ्चालन गर्ने जनाएको छ। गत चैतबाट स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा तिहारलगत्तै सञ्चालन गर्ने भएको हो।
विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पेशल दाहालले स्थगित परीक्षा चाँडै सञ्चालन हुने जानकारी दिए।
परीक्षाको रूटिन आएर अन्तमा स्थगित भएका परीक्षाहरू पहिलो प्राथमिकतामा पर्ने उनको भनाइ छ। एक दुई दिनभित्रमा परीक्षा तालिका सार्वजनिक गर्ने गरी तयारी भइरहेको भन्दै उनले विगतका वर्षमाझैँ यस वर्ष पनि विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा नै परीक्षा हुने बताए।
अन्य विश्वविद्यालयले अनलाइन तथा अन्य वैकल्पिक प्रणाली अपनाएर परीक्षा लिइरहेका छन्। तर, त्रिविमा भने बढी विद्यार्थी हुँदा अनलाइन परीक्षा सम्भव नहुने उनको भनाइ छ। कोरोना महामारी बढ्दै गएको अवस्थामा भने वैकल्पिक व्यवस्था पनि हुने सक्ने उनले बताए।
पहिलो चरणमा अन्तिम तह र सेमेस्टरमा अध्ययनन गर्ने विद्यार्थीको परीक्षा गरिने र त्यसपछि अन्यको परीक्षा गर्ने गरी त्रिविले तयारी गरिरहेको प्रा.डा. दाहालले बताए। पहिले स्नातक तह चौथो वर्ष र स्नातकोत्तर तहको अन्तिम सेमेस्टरको परीक्षा हुने छ। त्यसपछि भने स्नातक तह तेस्रो वर्ष, दोस्रो वर्ष तथा पहिलो वर्षका परीक्षा हुने छन्।
वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको हकमा मंसिर अन्तिम साताबाट परीक्षा लिनेगरी तयारी भइरहेको उनको भनाइ छ। विश्वविद्यालयले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने भन्दै कोरोना संक्रमित विद्यार्थीको हकमा अलि फरक व्यवस्था मिलाइने उनले बताए।
कोरोना संक्रमित विद्यार्थीले पनि परीक्षा केन्द्रमै जानुपर्ने तथा उनीहरूका लागि फरक व्यवस्था गरिने उनको भनाइ छ। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने त्रिविले जनाएको छ। त्यसका लागि आवश्यक मापदण्ड बनाउने काम भइरहेको रजिस्ट्रार दाहालको भनाइ छ।
त्रिविले केही समय अगाडि विद्यार्थीहरूलाई अनलाइन फाराम भर्न लगाएको थियो। घर गएका विद्यार्थीहरूलाई पायक पर्ने क्याम्पसमै परीक्षा दिने व्यवस्था मिलाउन त्रिविले अनलाइन फाराम भर्न लगाएको हो। सोही आधारमा घर पायक क्याम्पसमा परीक्षा दिने व्यवस्था मिलाइने त्रिविले जनाएको छ।
६ लाखभन्दा बढी विद्यार्थी रहेको त्रिविले गत चैतदेखि नै परीक्षा रोकेको थियो।