बैतडी। जीप दुर्घटना हुँदा बैतडीमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-२, कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेकाे बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
दोगडाकेदार-३, सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी दोगडाकेदार-३, श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन्। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
जीपमा दुईजना मात्रै सवार रहेको बताइएको छ। जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
" /> बैतडी। जीप दुर्घटना हुँदा बैतडीमा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-२, कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेकाे बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

">