प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, चिकित्सक भन्छन्- 'गुड इम्प्रुभमेन्ट'
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ।

स्वास्थ्यमा सुधार भएसँगै प्रधानमन्त्री ओलीलाई दिइएको 'लाइफ सपोर्ट' उपकरणसहितको उपचार पद्दति पनि हटाइएको अस्पताल स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले १० मंसीरमा प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरेको थियो।

१० मंसीर बिहान पेट दुखेपछि प्रधानमन्त्री ओली उपचारका त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएका थिए।

दिउँसो १२:४५ मा शल्यक्रिया भएपछि राम्रोसँग होसमा नआएका प्रधानमन्त्री ओली अहिले पूर्ण होसमा रहेको सचिवालय स्रोतले बतायो।

प्रम ओलीलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्