ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाट १ सय १ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिका–९ लुभु का २२ वर्षीया बिनिस्था धामी र अर्का एक जना पक्राउ शनिबार बिहान पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पद्धार्थसहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाइन्टमा जाँच गर्ने क्रममा एक जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–३ का २७ वर्षीय राजेश साहु रहेका छन्।
उनलाई शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले ५ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ। यसैबीच नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको रहिमा मःम सेन्टरबाट ब्राउनसगुरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भारत घर भएका २१ वर्षीय अबुबकल मनिहार र नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरका २२ वर्षीय रफिक साई रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले ६ ग्राम १ सय ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटीका २७ वर्षीय तोकबहादुर सार्कीलाई लागुऔषध गाँजासहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले फेला पारी घर तालसी गर्दा लुकाई राखेको उक्त परिमाणको लागुऔषध समेत फेला पारी उनलाई पक्राउ गरेको हो।
उनी लागुऔषध मुद्दामा समेत संलग्न रही फरार रहेका थिए।
पक्राउ परेका सबैजनाविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाट १ सय १ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिका–९ लुभु का २२ वर्षीया बिनिस्था धामी र अर्का एक जना पक्राउ शनिबार बिहान पक्राउ परेका हुन्।महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पद्धार्थसहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

">