काठमाडौं। पाल्पाको रामपुर नगरपालिका–२ भलायटारका एक जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। ५८ वर्षीय हाकिमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।
उनले आफ्नो घर गोठमा भरुवा बन्दुक लुकाई राखेको अवस्थामा शुक्रबार दिउँसो फेला परेपछि प्रहरी चौकी केलादी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
यस्तै, स्याङजाको बिरुवा गाउँपालिका–२ बेसारडाँडाका एक युवकलाई पनि प्रहरीले भरुवा बन्दुक, दुई थान पुरानो भाँचिएको बन्दुकको नाल, छर्रा र बारुदसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २३ वर्षीइ भीमबहादुर गुरुङ रहेका छन्।
शुक्रबार दिउँसो घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो।
पक्राउ परेका दुबै जनाविरुद्ध प्रहरीले हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। पाल्पाको रामपुर नगरपालिका–२ भलायटारका एक जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। ५८ वर्षीय हाकिमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।उनले आफ्नो घर गोठमा भरुवा बन्दुक लुकाई राखेको अवस्थामा शुक्रबार दिउँसो फेला परेपछि प्रहरी चौकी केलादी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

">