काठमाडौं। अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको मत गणना जारी छ। मतदान सुरु भएको चार दिन बितिसक्दा पनि नतिजा सार्वजनिक नहुँदा मानिसहरू अचम्ममा परेका छन्।

अहिलेसम्म पनि अमेरिकाको ४६औं राष्ट्रपति को हुने? भन्ने विषयको टुङ्गो लागिसकेको छैन। समाचार संस्था एपीले दिएको मत गणनाको लाइभ पोल हर्ने हो भने डेमोक्रयाट जो बाइडेनले जित्ने देखिन्छ।

किनभने, कुनै पनि उम्मेद्वारलाई चुनाव जित्नका लागि २७० इलेक्टोरल भोट आवश्यक हुन्छ। र, अहिले लाइभ लिडरबोर्डमा बाइडेनले २६४ भोट ल्याइसकेका छन् भने वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले हालसम्म २१४ भोट मात्रै पाएका छन्।

अमेरिकी राष्ट्रपतिको चुनावी इतिहासमै सर्वाधिक पपुलर भोट ल्याएका बाइडेनले अहिले नतिजा आउन बाँकी पाँच राज्यमध्ये तीन राज्यमा अग्रता बनाइरहेका छन्।

नेभाडा, पेन्सिलभेनिया र जर्जियामा गरी ४२ इलेक्टोरल भोटका लागि अग्रता लिएका छन् भने ट्रम्पले आलस्कार नर्थ क्यारोलिनामा गरी १८ इलेक्टोरल भोटका लागि अग्रता लिएका छन्। तर, यही नतिजा रहे बाइडेनको ह्वाइटहाउस प्रवेश निश्चित छ।

पराजयको भयले आफूले अग्रता लिएको समयमा मत गणना रोक्न सर्वोच्च अदालतसम्म पुगेका ट्रम्पको बेचैनीले पनि उनलाई पराजय बोध भएको अनुमान लगाउन सकिन्छ।

तर, चुनाव भएकाले अन्तिम भोटको गणना नहुन्जेलसम्म अनुमान मात्रै लगाउन सकिन्छ, ढुक्क हुन सकिँदैन। र, अहिलेसम्म मत गणनाको अन्तिम परिणाम नआएकोले विश्व नै यसको पर्खाइमा छ।

मत गणनाको अन्तिम अवस्थासम्म पुगेर पनि अन्तिम परिणाम आउन समय लाग्नुको प्रमुख कारण हुलाक भोट हो।

संयुक्त राज्य अमेरिकाका सबै राज्यलाई आफ्नो निर्णय आफैँ गर्ने अधिकार दिइएको छ। र, चुनावमा पनि सोही सिस्टम लागु हुने भएकाले अन्य राज्यमा पुगेका भोटरले हुलाक मार्फत गरेको भोट आफ्नो राज्यमा पुग्न लाग्ने समय लगायतका कारणले यसको अन्तिम परिणामलाई ढिलो बनाइरहेकाे छ।

राज्यको स्वतन्त्र नियमका कारण सबै राज्यले अन्तिम नतिजा बुझाउने समय पनि फरक फरक छन्। कुनै राज्यमा त चुनावको दिन ब्यालोटसम्बन्धी कुनै पनि काम गर्न नदिने नियम पनि छ।

यसै क्रममा हुलाक भोटको अन्तिम मिति नर्थ क्यारोलिनामा १० नोभेम्बर, आलस्कामा १२ नोभेम्बर, वासिङ्टनमा २३ नोभेम्बरसम्म तोकिएको छ।

हुन त वासिङ्टन र आलस्का राष्ट्रपति चुनावको नतिजामामै हलचल मच्चाउने नतिजा दिने राज्य होइनन्। तर, चुनावमा सबै स्थान र भोटको उत्तिकै महत्त्व हुने भएकाले यी राज्यको पनि अन्तिम परिणाम आउनु महत्वपूर्ण छ।

त्यसैले, सबै राज्यको अन्तिम परिणाम प्राप्त भएपछि मात्रै राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउने छ। यस क्रममा २३ ढिलोमा २३ नोभेम्बर र छिटोमा १२ नोभेम्बरपछि जुनसुकै बेला पनि यसको परिणाम आउन सक्ने छ।

" /> काठमाडौं। अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको मत गणना जारी छ। मतदान सुरु भएको चार दिन बितिसक्दा पनि नतिजा सार्वजनिक नहुँदा मानिसहरू अचम्ममा परेका छन्।

"> अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम किन ढिलो ?: Dekhapadhi
अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम किन ढिलो ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्