डाेटीमा भालुको आक्रमणबाट बालक घाइते

डाेटी। भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका-७, पाकरीको टाटापोल्ला टोल बस्ने ९ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन्।

भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ।

बालकको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

पाखुराको दुवैतिर शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डा. सोहम शाहले बताए।

घाइते बालकका बुबा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो।

यस वडामा बर्सेनि भालुले आक्रमण गर्ने गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्