मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गत शुक्रबार ३४ वटा तीन कोठे घर सुकुम्वासी परिवारलाई हस्तान्तरण गरेका छन्।
ग्रामथान गाउँपालिका–७ नयाँबस्तीका ३४ सुकुम्वासीलाई जस्तापाता लगाएको शौचालयसहित तीन कोठे नयाँ पक्की घर हस्तान्तरण गरिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत नहरको डिलमा बसेका सुकुम्वासीको घर आयोजनाले भत्काएपछि घरवारविहीन भएका उनीहरुलाई घर हस्तान्तरण गरिएको हो।

सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम तराई मधेश समृद्धि कार्यक्रम र ग्रामथान गाउँपालिकाको तीन करोड चार लाख ४१ हजार रूपैयाँको लागतमा घर निर्माण गरिएको हो। दुई वटा घर निर्माणधीन अवस्थामा रहेकाले पछि हस्तान्तरण गरिने बताइएको छ।
मुख्यमन्त्री राईले घर हस्तान्तरण गर्दै आवासविहीन सुकुम्वासीलाई सरकारले सुरक्षित बसोबासका लागि घर निर्माण गर्ने बताए। उनले भूमिहीन किसानलाई जग्गा दिन भूमि आयोगले काम शुरु गरिसकेको बताएका छन्।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार जनताको जीवनस्तर अगाडि बढाउन शिक्षा, स्वास्थ्यमा उनीहरुको पहुँच पु¥याएर स्वरोजगार बनाउन कटिबद्ध रहेको छ बताए। सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुकुम्वासी, आदिवासी र सीमान्तकृत जनताको जीवनस्तर उकास्न सीपमूलक रोजगार कार्यक्रम ल्याइएको बताए।
सांसद अमनलाल मोदीले तीन तहको सरकारले निर्माण गरेको नमूना बस्तीमा उचित रेखदेख गरी बसोबास गर्न आग्रह गरेका छन्।रासस