काठमाडौं। दसैं र तिहारमा कानुनविपरीतका गतिविधि अधिक हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘विशेष सुरक्षा योजना’ कार्यान्वयनमा ल्यायो। यही योजनाअन्तर्गत पछिल्लो एक सातामै १९५ जना जुवाडे पक्राउ परेका छन्।
देशका ठूला सहरहरूबाट उनीहरू पक्राउ परेका हुन्। नेपाल प्रहरीले जनाएअनुसार उनीहरू काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, मोरङ, तनहुँ, खोटाङ, डडेल्धुरा, नवलपरासीबाट पक्राउ परेका हुन्।
कानुनविपरीतको जुवातास खेल्ने कार्य चाडबाडमा बढी हुने सम्भावनालाई ध्यान दिँदै प्रहरीले सुरक्षा योजनामा समावेश गरेरै जुवातास खेल्ने र खेलाउनेहरूलाई धमाधम पक्राउ गर्दै आएको छ।
कात्तिक १४ देखि २० गते सम्ममा पक्राउ परेका १९५ जनाबाट प्रहरीले ३९ लाख ९६ हजार ६५५ रूपैयाँ बरामद गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले दसैँ-तिहारमा जुवातास खेल्ने प्रचलन जस्तै भएको बताए। जसले गर्दा जुवातासका घटना बढी भएको उनको भनाइ छ।
“हुन त जुवातासका घटना पहिले पनि भएकै हो, प्रहरीले खेल्ने र खेलाउनेहरूलाई पक्राउ गर्दै कारबाही गरेको पनि हो,” प्रवक्ता कडायतले देखापढीसँग भने, “कमबेसी भन्ने मात्रै हो, फेरि चाडबाडमा नेपालीहरूले प्रायःजसो जुवातास खेल्ने प्रचलन जस्तै छ र त्यसले पनि बढेको हुनुपर्छ।”
सरकारले जुवातासलाई आर्थिक अपराध मानेको छ। सोही कारण जुवातास खेल्ने र खेलाउनेलाई कानुनी कारबाहीको प्रावधान अपराध संहिता–२०७४ मा उल्लेख छ।
जुवातासका घटनालाई हेर्दा देशका ठूला सहरमा पेशेवर ढंगले खेल्ने गरेको पाइन्छ। गाउँघरमा भने चाडबाडको बेला मनोरञ्जनका लागि बढी खेल्ने गरेको देखिन्छ।
प्रहरीको तथ्याङ्कअनुसार जुवातासका घटना बर्सेनि बढिरहेको पनि छ। पछिल्लो त्रिवर्षीय तथ्याङ्कलाई हेर्दा हरेक वर्ष जुवातास खेल्ने क्रम बढेको देखिएको हो।
प्रहरी प्रवक्ता कडायतले आर्थिक वर्ष २०७४/७५ मा स्वदेशी पुरूष दुई हजार २४ जना, महिला ११६ जना र विदेशी पुरूष दुईजना गरी दुई हजार १४२ जना जुवाडे पक्राउ परेको बताए। जतिबेला जुवातास खेलाइको घटना भने ३५९ वटा भएको थियो।
त्यस्तै आर्थिक वर्ष २०७/७६ मा ३९१ वटा जुवातास खेलाउने घटनामा दुई हजार ८६९ जना पक्राउ परेका थिए। जसमध्ये दुई हजार ७५९ वटा स्वदेशी पुरूष, ९५ जना महिला र विदेशी १५ पुरूष रहेका थिए।
आर्थिक वर्ष २०७६/७७ मा अझ बढी ४७७ वटा जुवातासका घटना भए। ती घटनाबाट तीन हजार ५८४ जना पक्राउ परे। जसमध्ये तीन हजार ४४५ जना स्वदेशी पुरूष, १२७ जना महिला र १२ जना विदेशी पुरूष पक्राउ परे।
प्रहरीको केन्द्रीय प्रवक्ता कडायतका अनुसार बढी ‘मोबिलिटी’ जहाँ हुन्छ, त्यहाँ आर्थिक कारोबार हुन्छ र जुवातास खेल्ने खेलाउने लगायतका गतिविधि हुन्छ।
मुलुकी अपराध (संहिता) ऐन–२०७४ को परिच्छेद–५ मा ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धका कसूरअन्तर्गत जुवा खेल्न र सट्टाबाजी गर्न नहुने’ भनिएको छ।
पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवान, त्यसपछि भने पटकै पिच्छे थप तीन महिनासम्म कैद तथा १० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
तर, कानुनमा जुवाताससम्बन्धी अपराधको सजाय कम भएको आवाज पनि उठ्दै आएको छ। कम सजाय हुँदा जुवातास खेल्नेहरू नसुध्रिएको बताइन्छ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीले हेर्ने जुवाताससम्बन्धी मुद्दामा थुनामा रहेको अवधिलाई पनि कैद मान्ने गरिन्छ।
जुवातासलाई ‘मिनी क्यासिनो’ पनि भन्ने गरिन्छ। क्यासिनोमा नेपालीलाई प्रवेशमा सरकारले प्रतिबन्ध लगाएपछि क्यासिनो शैलीमा जुवा खेलाउने घटना हुँदै आएको छ।
प्रहरी अधिकारीहरूका अनुसार विभिन्न घर र फ्ल्याट भाडामा लिएर पेशेवर जुवाडेहरूले जुवातास खेलाउने गरेका छन्।
यस्ता घटनाबाट समाज र परिवार प्रताडित हुने गरेका छन्।
" /> काठमाडौं। दसैं र तिहारमा कानुनविपरीतका गतिविधि अधिक हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘विशेष सुरक्षा योजना’ कार्यान्वयनमा ल्यायो। यही योजनाअन्तर्गत पछिल्लो एक सातामै १९५ जना जुवाडे पक्राउ परेका छन्।देशका ठूला सहरहरूबाट उनीहरू पक्राउ परेका हुन्। नेपाल प्रहरीले जनाएअनुसार उनीहरू काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, मोरङ, तनहुँ, खोटाङ, डडेल्धुरा, नवलपरासीबाट पक्राउ परेका हुन्।

">