पेरिस। फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड-१९ को महामारी सुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो सङ्क्रमित संख्या भएको बताएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा कोभिडको संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन्।
अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा बिहीबार ५८ हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए भने शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ६० हजार जनाभन्दा बढी देखिएका हुन्।
यो सँगै फ्रान्समा आजसम्ममा १६ लाख ६१ हजार ८५३ जना नागरिक सङ्क्रमित हुन पुगेका छन्। यहाँ गएको २४ घन्टामा ८२८ जनाको निधन भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।
यससँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ३९ हजार नाघेको फ्रान्सको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।
उनीहरुका अनुसार फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३९ हजार ८६५ जना पुगेको छ। यहाँ गत हप्ता मात्र २० हजारभन्दा बढी सङ्क्रमित अस्पताल भर्ना भएका छन्। अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण निकै द्रूत गतिमा बढ्दै गएकोले थप सतर्कता अपनाउनुपर्ने बताएका छन्।
यहाँ कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि धेरै स्थानमा प्रतिबन्धहरु पनि लगाइएको छ। यसको यहाँका नागरिकले विरोध पनि गरिरहेका छन्। यसलाई यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका बताइएको छ। जसका कारण यहाँ स्वास्थ्य सतर्कतालाई अझ बढाइएको छ। रासस/एएनआई
" /> पेरिस। फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड-१९ को महामारी सुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो सङ्क्रमित संख्या भएको बताएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा कोभिडको संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन्।

">