काठमाडौं। सरकारले तोकेकोभन्दा बढी लिइएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरु राजी भएका छन् । गएराति शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित बसेको बैठकमा मेडिकल कलेज सञ्चालकहरु सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएका हुन्।

बैठकको पहिलो निर्णयमा भनिएको छ- 'नेपाल सरकारबाट चिकित्सा शिक्षाको स्नातक तहका एमबीबएएस र बीडीएस कार्यक्रमका लागि निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गर्दछौं।'

शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजहरुले आजदेखि नै बढी लिएको शुल्क फिर्ता गर्ने वा समायोजन गर्न शुरु गर्ने निर्णय बैठकले गरेको छ।

शैक्षिक सत्र ०७२/०७३ र ०७३/०७४ को हकमा भने विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने निर्णय भएको छ।

यसैगरी चालु आर्थिक वर्षका हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क मात्र लिएर भर्ना प्रक्रिया शुरु गर्न सहमति जुटाएको बैठकले आगामी आर्थिक वर्ष र त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा आयोगबाट काम अघि बढाउने निर्णय पनि गरेको छ।

" /> काठमाडौं। सरकारले तोकेकोभन्दा बढी लिइएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरु राजी भएका छन् । गएराति शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित बसेको बैठकमा मेडिकल कलेज सञ्चालकहरु सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएका हुन्।

बैठकको पहिलो निर्णयमा भनिएको छ- 'नेपाल सरकारबाट चिकित्सा शिक्षाको स्नातक तहका एमबीबएएस र बीडीएस कार्यक्रमका लागि निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गर्दछौं।'

शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजहरुले आजदेखि नै बढी लिएको शुल्क फिर्ता गर्ने वा समायोजन गर्न शुरु गर्ने निर्णय बैठकले गरेको छ।

शैक्षिक सत्र ०७२/०७३ र ०७३/०७४ को हकमा भने विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने निर्णय भएको छ।

यसैगरी चालु आर्थिक वर्षका हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क मात्र लिएर भर्ना प्रक्रिया शुरु गर्न सहमति जुटाएको बैठकले आगामी आर्थिक वर्ष र त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा आयोगबाट काम अघि बढाउने निर्णय पनि गरेको छ।

"> बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरु सहमत, रकम फिर्ता आजैबाट शुरु: Dekhapadhi
बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरु सहमत, रकम फिर्ता आजैबाट शुरु
काठमाडौं। सरकारले तोकेकोभन्दा बढी लिइएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरु राजी भएका छन् । गएराति शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित बसेको बैठकमा मेडिकल कलेज सञ्चालकहरु सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएका हुन्।

बैठकको पहिलो निर्णयमा भनिएको छ- 'नेपाल सरकारबाट चिकित्सा शिक्षाको स्नातक तहका एमबीबएएस र बीडीएस कार्यक्रमका लागि निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गर्दछौं।'

शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजहरुले आजदेखि नै बढी लिएको शुल्क फिर्ता गर्ने वा समायोजन गर्न शुरु गर्ने निर्णय बैठकले गरेको छ।

शैक्षिक सत्र ०७२/०७३ र ०७३/०७४ को हकमा भने विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने निर्णय भएको छ।

यसैगरी चालु आर्थिक वर्षका हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क मात्र लिएर भर्ना प्रक्रिया शुरु गर्न सहमति जुटाएको बैठकले आगामी आर्थिक वर्ष र त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा आयोगबाट काम अघि बढाउने निर्णय पनि गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्