चितवन। चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।
शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीएलए) का उम्मेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
अधिकारीले १०७ मत प्राप्त गरेका थिए भने पोख्रेलले ८० मत प्राप्त गरेका थिए।
एशोसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन्।
डीएलएका उम्मेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्दी पीएलएका रामचन्द्र देवकोटालाई पराजित गरे।
खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरे।
सचिवमा पीएलएका उम्मेदवार विनोद मिश्र विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी डीएलएका श्रीराम दवाडी पराजित भए।
मिश्रले ९९ र दवाडीले ८२ मत ल्याए।
यसैगरी कोषाध्यक्षमा बद्रिनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन्।
सो एशोसियसनको २१औं जिल्ला अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। रासस
" /> चितवन। चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीएलए) का उम्मेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्।

">