काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संसारमा आउन सक्ने कुनै पनि महामारी नियन्त्रणका लागि ‘विज्ञान, समाधान र एकजुटता’ नै मुख्य आधार रहेको बताएको छ।
डब्ल्यूएचओले कोरोना जस्तै सम्भावित अर्को महामारीका लागिसमेत अहिलेदेखि नै तयार रहन पनि अनुरोध गरेको छ।
कोरोना अहिले पनि दुनियाँको संकटकै रूपमा कायम छ। यसका कारण लाखौं मानिसले संसारबाट बिदा हुनुपरेको छ। यसको असर मानिसको जीवनमा मात्र होइन आर्थिक, सामाजिक र राजनीतिमासमेत यसको गहिरो असर पर्न थालिसकेको छ।
हालै डब्ल्यूएचओले आफ्नो ७३औं विश्व स्वास्थ्य सभा सम्पन्न गर्यो। सोही क्रममा उसले आगामी महामारीका लागि सबै तयार रहनुपर्ने बताएको हो।
डब्ल्यूएचओले एउटा स्थिर संसार बन्नका लागि सबै देशले स्वास्थ्य सेवामा पूर्णरूपमा ध्यान दिनुपर्ने स्पष्ट पारेको छ। कोरोनाले विश्वलाई स्वास्थ्य नै सामाजिक, आर्थिक र राजनीतिको आधार रहेको पाठ सिकाएको उक्त विश्व संस्थाको भनाइ थियो।
सभामा डब्ल्यूएचओले कोरोना नियन्त्रणमा सफलता पाउने देशको प्रशंसा पनि गरेको थियो। भाइरस नियन्त्रण गर्न सफल देशबाट सिक्न उसले अनुरोध गरेको थियो।
डब्ल्यूएचओले कोरोना भ्याक्सिन निर्माणका लागि सबैसँग मिलेर काम गरिरहेको बताएको थियो। भ्याक्सिन बनेपछि सबै देशलाई समान आधारमा वितरणको सुनिश्चितता हुनुनर्पे संस्थाको भनाइ छ।
(एजेन्सी)
" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संसारमा आउन सक्ने कुनै पनि महामारी नियन्त्रणका लागि ‘विज्ञान, समाधान र एकजुटता’ नै मुख्य आधार रहेको बताएको छ।डब्ल्यूएचओले कोरोना जस्तै सम्भावित अर्को महामारीका लागिसमेत अहिलेदेखि नै तयार रहन पनि अनुरोध गरेको छ।

">