काठमाडाैं। नेपाल प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त नगदसहित पश्चिम नवलपरासीका ४० वर्षीय व्यास गुप्तालाई आज बिहान पक्राउ गरेको हो।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त विक्रम थापाले बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको बसमा कम्मरपेटीमा लुकाएर ल्याएको अवस्थामा गुप्तालाई पक्राउ गरिएको जानकारी दिए।
गुप्ताले एक लाख रुपैयाँ दरका ४० थान रकम झोला र कम्मरपेटीमा ल्याएको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
" /> काठमाडाैं। नेपाल प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त नगदसहित पश्चिम नवलपरासीका ४० वर्षीय व्यास गुप्तालाई आज बिहान पक्राउ गरेको हो।

">