नागढुङ्‍गामा ठूलो मात्रामा पटाका बरामद
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौं उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी आज नष्ट गरेको हो।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा बसको सिटमुनी लुकाएर ल्याएको अवस्थामा १० बोरा पटाका प्रहरीले बरामद गरेको थियाे।
वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले १४ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरि नगरपालिका र स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको जानकारी दिए।
प्रहरीले अनुसन्धानका क्रममा बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरेको छ।
यस्तै, आजै रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँचका क्रममासमेत पटाका फेला परेको छ।
थानकोट प्रहरीले गरेको चेकजाँचमा आठ हजार ४०० थान खुर्सानी पटाका, ८० थान गमला पटाका, १०० थान बुलेट पटाका, १९० थान रकेट पटाका बरामद गरेको हो। प्रहरीले उक्त पटकासहित रौतहटका पिन्टु जैसवाललाई पक्राउ गरेको छ।
दुवै घटनामा पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्फाेटक पदार्थसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्