काठमाडौं। जो व्यक्ति वा पार्टी जनताले मतपत्रमार्फत् हालेको मत वा भोटलाई शिरोपर गर्न सक्दैन वा मान्दैन ऊ लोकतन्त्रवादी हुन सक्दैन। लोकतन्त्र त्यस्तै मतहरुले विजयी बनाएको मानिसले शासन गर्ने प्रणाली हो। त्यसमा अल्पमतको कदर हुनुपर्छ अनि लोकतन्त्र सुन्दर बन्न पुग्छ।

अल्पमतलाई अनादर गर्ने वा नजरअन्दाज गर्ने व्यक्ति पनि लोकतन्त्रवादी हुन सक्दैन। सन्दर्भ, विश्वचासो बनिरहेको अमेरिकी निर्वाचनको। त्यो महाशक्ति देशमा गत मंगलबार (नोभेम्बर ३) राष्ट्रपति निर्वाचन सम्पन्न भयो। अमेरिकामा जहिले पनि दुई दलबीच कडा टक्कर हुने गर्छ। रिपब्लिकन र डेमोक्रेटिक। त्यहाँ अन्य दल र उम्मेदवार पनि नभएका होइनन्, तर तिनको हैसियत निकै कमजोर देखिन्छ।

संसारभरका मानिसहरु अहिले टेलिभिजन च्यानल, अनलाइन, सामाजिक सञ्जालमा अमेरिकामा कसले निर्वाचन जित्छ भनेर नतिजा सुन्न आतुर भएर बसेका छन्। भलै, नेपाललगायत कतिपय देशलाई त्यहाँ जोससुकैले निर्वाचन जिते पनि तात्विक असर पर्ने छैन। तर पनि निर्वाचन नतिजाको प्रतीक्षा गरिरहेका छन्। कारण, विश्व राजनीतिक, आर्थिक र अन्य सन्दर्भमा पनि अमेरिका एक महत्वपूर्ण देश हो। त्यहाँको शीर्षासनमा चार वर्षका निम्ति को चुनिएला भनी चासो रहनु स्वाभाविक हुन जान्छ।

तर, मंगलबार निर्वाचन सम्पन्न भइसकेपछि भोलिपल्ट बुधबार नेपाली समयअनुसार साँझसम्म नतिजा आउने बताइएको थियो। आज शुक्रबार भइसकेको छ, नतिजा नै संकटमा परेको महसुस हुँदै गएको छ।

कारण, वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जनताको मतमाथि आशंका गरेका छन्। उनले त्यहाँको संविधानप्रदत्त पोस्टल भोट नक्कली रहेको बताइदिएका छन् र अदालतमा उजुरी हालेका छन्। त्यस्तो भोटमा डेमोक्रेटिकले धाँधली गरेको उनको आरोप छ। अचम्म त के छ भने, उनी स्वयम् अहिले राष्ट्रपति छन्, तर मतमा धाँधली गरेको आरोप लगाइरहेका छन् प्रतिद्वन्द्वीमाथि। यसलाई ट्रम्पको अलोकतान्त्रिक विचार मानिएको छ। ट्रम्पको अभिव्यक्तिपछि अमेरिकाका विभिन्न सहरमा पक्षविपक्षमा प्रदर्शन हुन थालेको छ। प्रहरीले प्रदर्शनले हिंसात्मक रुप नलिओस् भनेर केही व्यक्तिलाई पक्राउ पनि गरेको छ। संसारभर ‘युनाइटेड स्टेट्स’ कमजोर स्टेट्स पो बन्ने हो कि भन्ने चिन्ता गर्न थालिएको छ।

यसै विषयमा राष्ट्रपछि ट्रम्पले ह्वाइट हाउसबाट वक्तव्य दिइरहेका थिए। उनको भाषणको प्रत्यक्ष प्रशारण गरिरहेका अमेरिकाकै प्रभावशाली टेलिभिजन च्यानलहरुले बीचमै प्रशारण रोकिदिएका छन्। ट्रम्पले झुटो कुरा गरिरहेकाले प्रशारण रोकेको उनीहरुले बताएका छन्। यसबाट ट्रम्पले जनताको मतको अपमान गरेको कतिपयको विश्लेषण छ।

यही विषयलाई लिएर अर्का उम्मेदवार जो बाइडेनले भने सुझबुझपूर्ण अभिव्यक्ति दिएका छन्। उनले लोकतन्त्रमा कहिलेकाहीँ उल्झन आउने र त्यस्तो समय धैर्य राख्नुपर्ने बताएका छन्।

उनले मतगणना पूरा हुने समयसम्म धैर्य गर्न र नतिजाको प्रतीक्षा गर्न अपिल गरेका छन्। उनी ह्वाइट हाउस प्रवेशका लागि केवल ६ इलेक्टोरल कलेज मतको प्रतीक्षामा छन्। ट्रम्पले जित्नका लागि त्यस्तो मत ५६ आवश्यक छ।

डेलाभेयरमा पत्रकार सम्मेलनमा बाइडेनले बिहीबार भने, ‘‘अमेरिकामा मत एक पवित्र चिज हो। यसका माध्यमबाट मानिसहरुले आफ्नो विचार प्रकट गरेका हुन्छन्। कुनै अन्य कुराबाट होइन, अमेरिकामा मतदाताको इच्छाबाट नै राष्ट्रपति चुनिन्छ। त्यसैले हरेक मत गनिनु पर्छ र त्यसको इज्जत गर्नुपर्छ। २४० वर्षभन्दा पनि बढी समयदेखि यही धैर्य अमेरिकामा सम्मानित हुँदै आएको छ र यसको ईष्र्या सारा संसारले गर्दै आएको छ। हामी त्यही कुरा सम्झेर आनन्द महसुस गर्छौं।’’

बाइडेनले मतगणनामा कुनै पनि बाधा नगर्न अनुरोध गर्दै आफू जितको नजिक रहेको बताए। बिहीबार उनीसँगै उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस पनि थिइन्।

(एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। जो व्यक्ति वा पार्टी जनताले मतपत्रमार्फत् हालेको मत वा भोटलाई शिरोपर गर्न सक्दैन वा मान्दैन ऊ लोकतन्त्रवादी हुन सक्दैन। लोकतन्त्र त्यस्तै मतहरुले विजयी बनाएको मानिसले शासन गर्ने प्रणाली हो। त्यसमा अल्पमतको कदर हुनुपर्छ अनि लोकतन्त्र सुन्दर बन्न पुग्छ।

"> बाइडेनले भने– हरेक मत गनिनु पर्छ र इज्जत गर्नुपर्छ, यही धैर्य अमेरिकामा सम्मानित हुँदै आएको छ: Dekhapadhi
बाइडेनले भने– हरेक मत गनिनु पर्छ र इज्जत गर्नुपर्छ, यही धैर्य अमेरिकामा सम्मानित हुँदै आएको छ

प्रतिक्रिया दिनुहोस्