काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ बाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ भएका ३० वर्षीय इन्द्रबहादुर अधिकारी र सोही जिल्लाका त्रियुगा नगरपालिका–५ का २९ वर्षीय अरुण विश्वकर्मा रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट २० एम्पुल डाइजेपाम, २० एम्पुल बुप्रेनोर्फिन, २० एम्पुल फेनारगन र ६ सय ट्याब्लेट नाइट्राभेट प्रहरीले बरामद गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी बिहीबार दिउँसो पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा कागेश्वरी नगरपालिका–७ स्थित उनीहरू डेरा गरी बस्ने कोठाबाट थप २ हजार ३ सय ८९ ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेट र नगद ५ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ।
यसैगरी काठमाडौंको टोखा नगरपालिका–१० भण्डारीटोल चोकबाट लागुऔषधसहित रामेछापको खाडादेवी गाउँपालिका–७ का २० वर्षीय दिनेश महतलाई प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट प्रहरीले १ सय एम्पुल बुप्रेनोर्फिन, १ सय एम्पुल डाइजेपाम र १ सय एम्पुल फेनारगन बरामद गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–९ राडी बजारबाट १२ केजी लागुऔषध अफिमसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा आठबिसकोट नगरपालिका–९ राडी बजार डेरा गरी बस्ने जाजरकोटको नलगाड नगरपालिका–८ घर भएका ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका–९ बस्ने ६० वर्षीय कालीबहादुर सिंह रहेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरू बसेको कोठा तलासी गर्दा उक्त परिमाणको खफेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै झापामा पनि प्रहरीले मेचीनगर नगरपालिका–६ चर्च क्षेत्रबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २२ वर्षीय अरुण धिमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनी दमक नगरपालिका–१० भावना टोलका हुन्।
सीमा प्रहरी चौकी नकलबन्दा तथा सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
" /> काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ बाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ भएका ३० वर्षीय इन्द्रबहादुर अधिकारी र सोही जिल्लाका त्रियुगा नगरपालिका–५ का २९ वर्षीय अरुण विश्वकर्मा रहेका छन्।

">