काठमाडौँ। नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–३ मानेचोकस्थित ४६ वर्षीय लालबहादुर पुनको घरमा जुवातास खेलिरहेका अवस्थामा पुनलगायत ७ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३८ हजार १ सय ४५ रुपैयाँसहित पक्राउ गरेको हो।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ त्रिवेणी चोक डेरा गरी बस्ने विनोद उदासको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय दिनेश केसीलगायत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९९० रुपैयाँ, २० थानकौडा, तास र ७ ग्रामको श्रीखण्ड २ टुक्रासहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।