काठमाडौं। काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित सडकबाट करिब एक लाख रुपैयाँ मूल्य बराबरको गोल्डेन कोब्रा लेखिएको ४० बण्डल पटाका सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.१६ च ४९७८ नम्बरको गाडीमा जाँच गर्दा उक्त मूल्य बराबरको पटाका फेला पारी गाडी चालक मकवानपुर राईगाँउ–२ बस्ने ३७ वर्षीय जेसन राई लगायत २ जनालाई पक्राउ गरेको हो।
यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ फत्तेपुरबाट करिब १२ हजार रुपैयाँ मूल्य बराबरको बिभिन्न किसिमका पटाका सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३००५ प ९०१६ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी नगरपालिका–७ बस्ने २१ वर्षीय चन्द्रकान्त राय समेत २ जनालाई उक्त पटाका सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित सडकबाट करिब एक लाख रुपैयाँ मूल्य बराबरको गोल्डेन कोब्रा लेखिएको ४० बण्डल पटाका सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.१६ च ४९७८ नम्बरको गाडीमा जाँच गर्दा उक्त मूल्य बराबरको पटाका फेला पारी गाडी चालक मकवानपुर राईगाँउ–२ बस्ने ३७ वर्षीय जेसन राई लगायत २ जनालाई पक्राउ गरेको हो।

">