काठमाडौं। खुलामञ्चसहित सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने भएको छ। त्यसको ठाउँमा वैकल्पिक स्थानको खोजी गरिनेछ। काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउदैं आएका अभियन्ताबीच भएको सहमति अनुसार मंसिर २३ गतेदेखि खुलामञ्चमा खाना नखुवाउने सहमति भएको हो।
निःशुल्क खाना खुवाउनका लागि वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय तहहरुसँग समन्वय गरेर अगाडि बढ्ने सहमति भएको अभियन्ता अन्शु यादवले जानकारी दिए।
अब उनीहरूले भाईटीकाको दिनसम्म वैकल्पिक ठाउँ खोजिसक्नुपर्नेछ। खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, वातावरण प्रदुषित हुने तथा सामाजिक प्रतिष्ठामा समेत असर पर्ने ठहर गर्दै यस्तो निष्कर्षमा पुगिएको अन्शुको भनाई छ।
हण्ड्रेड ग्रुपमा संयोजक समेत रहेका अन्शुले अब अर्को ठाउँ खोजेर तिहारपछि खाना खुवाउने अभियानलाई थप व्यवस्थित पारिने बताए।
गत चैतदेखि खुलामञ्च, पशुपति लगायतका क्षेत्रमा विभिन्न संघ संस्थाको पहलमा निःशुल्क खाना वितरण हुदैं आएको छ। हाम्रो टीम नेपाल, हण्ड्रेड ग्रुस, मानवी क्रिएटिभ एशोसिएसन लगायतका संस्थाले दैनिक बिहान, दिउँसो र बेलुका गरी तीन पटक निःशुल्क रूपमा खाना खुवाउदैं आएका छन्।
केही दिन अगाडि मात्र काठमाडौं महानगरले खुलामञ्चको खाना खुवाउने अभियानमा अवरोध सिर्जना गरेको थियो।
महानगरले खाना खुवाउन रोक लगाएपछि चौतर्फी विरोध भएको थियो।
" /> काठमाडौं। खुलामञ्चसहित सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने भएको छ। त्यसको ठाउँमा वैकल्पिक स्थानको खोजी गरिनेछ। काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउदैं आएका अभियन्ताबीच भएको सहमति अनुसार मंसिर २३ गतेदेखि खुलामञ्चमा खाना नखुवाउने सहमति भएको हो।निःशुल्क खाना खुवाउनका लागि वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय तहहरुसँग समन्वय गरेर अगाडि बढ्ने सहमति भएको अभियन्ता अन्शु यादवले जानकारी दिए।

">