सर्लाही। लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ।
छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ।
लालबन्दीका पाँचवटा वडामा ५०० घर निर्माण गरिने भएको वडा नम्बर ५ का अध्यक्ष मोहन भण्डारीले जानकारी दिए।
जनता आवास कार्यक्रमअन्तर्गत नगरका पाँचवटा वडामा प्रतिवडा १०० घर बनाइने भएको हो। ट्रस मोडलमा बनाइने ५०० घर अतिविपन्न दलित समुदायलाई निर्माण गरेर हस्तान्तरण गरिने जनता आवास कार्यक्रमका कार्यक्रम संयोजक तथा प्रदेशसभा सदस्य नीरा साहले बताइन्।
प्रतिघर निर्माण गर्न तीन लाख ५० हजारका दरले १७ करोड ५० लाख लाग्ने उनकाे भनाइ छ।
शौचालयसहित प्रत्येक घर निर्माणको लागत तीन लाख ५० हजार लाग्ने र त्यसबाहेक १० प्रतिशत श्रमदान गर्नुपर्ने छ भने आफूहरूले काममा खटिएबापतको रकम पनि पाउने कार्यक्रम संयोजक साहले जानकारी दिइन्।
उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ भित्र नै सक्ने गरी प्रदेश सरकारले १७ करोड ५० लाख रकम उपलब्ध गराएको छ। रासस
" /> सर्लाही। लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ।छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ।

">