काठमाडौं। एक वर्ष अघि ‘पिटा युके’ नामको युट्युब च्यानलले एउटा भिडिओ सार्वजनिक गर्‍यो।

भिडिओमा हात्तीलाई साङ्लाले बाँधिएको थियो। माउतेले रड, भाला र साङ्लाले हानेर हात्तीलाई खेल खेल्न बाध्य बनाइरहेका थिए। बच्चा हात्ती माथि पनि यस्तै वर्वर यातना दिइएको थियो।

रड, भाला र साङ्ला बज्रिँदा हात्तीको टाउकोमा चोट लागेको देखिन्थे। रगत बगिरहेको थियो। तैपनि हात्तीलाई कुट्दै खेलाउन भने छोडिएको थिएन।

र, उक्त हृदयविदारक भिडिओ कुनै अफ्रिकी देशको थिएन। नेपालको थियो। चितवनको सौराहमा भएको हात्ती महाेत्सवको।

भिडिओ सार्वजनिक भए लगतै वर्षौंदेखि चलिरहेको ‘हात्तीमाथि शोषण बन्द गर’ भन्ने अभियानले गति लियो। हात्तीका पक्षमा आवाजहरू उठे। पशु अधिकारकर्मीहरू जागे।

विरोध गर्नेहरूले हात्ती महोत्सवको मात्र आलोचना गरेनन्, हात्ती सफारीको पनि गरे। सफारीले हात्तीलाई मानसिक र शारीरिक रूपमा जीर्ण बनाउने तर्क उनीहरूको थियो।

“यस्ता क्रियाकलापले हात्ती प्राणघातक रोगको शिकार बन्न सक्छ,” हात्ती विशेषज्ञ नरेन्द्र प्रधानले देखापढीसँग भने।

प्रधानका अनुसार हात्ती सफारी गराउँदा आज पनि हात्तीको क्षमताभन्दा बढी तौल बोक्न लगाइएको हुन्छ।

त्यति मात्र होइन क्रुरतापूर्वक आगो देखाएर, साङ्लाले बाँधेर, तर्साएर, तातो रडले डामेर हात्तीलाई सफारीको तालिम दिइने गरेको पशु अधिकारकर्मी श्रृष्टिसिंह श्रेष्ठ बताउँछिन्।

“भगवान गणेशको स्वरूप मानिने हात्तीलाई कमाइ खाने भाँडो बनाएर शोषण गर्नु पशु अधिकार विपरीत कार्य हो,” श्रेष्ठले भनिन्।

नेपालमा अहिले सरकारी तथा निजी गरी करिब २५० वटा हात्तीहरू घरमा पालिएका छन्। सबैभन्दा बढी २०० वटा हात्तीहरू चितवन आसपासमा रहेका छन्। चितवनमा पालिएका अधिकांश हात्ती जंगल सफारीमा प्रयोग हुँदै आएका छन्। गैंडा हेर्न तथा प्राकृतिक मनोरञ्जन लिन हात्तीलाई देखाई पर्यटकहरू लोभ्याउँदै आइएको छ।

“हात्ती सफारी मानिसको सौख भए पनि यसले उनीहरूलाई भने सहनै नसक्ने पीडा दिने गरेको छ,” एनिमल नेपालकी अध्यक्ष प्रमोदा शाह भन्छिन्, “हात्तीलाई सफारीको लागि योग्य बनाउन विभिन्न क्रुर र पीडादायी यातना तथा दण्ड दिइनाले बच्चादेखिनै उनीहरू हिंसामा परेका हुन्छन्।”

उमेर नपुग्दै हात्तीमाथि हुने दानवीय प्रशिक्षणका कारण बच्चा अवस्थामै भावनात्मक र बहुपक्षीय सम्बन्ध टुट्ने गरेको विज्ञहरूको बुझाइ छ। यसैकारण हात्तीले थप पीडा भोग्न नपरोस् भनेर वर्षाैंदेखि हात्ती व्यवस्थापन नीतिको माग गरिएको पशु अधिकारकर्मीको भनाइ छ।

विरोध भएपछि पाँच वर्ष अघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्ना हात्तीहरूको सफारी बन्द गरेको थियो। तर, निजी क्षेत्रमा यो व्यवसाय चलिनै रहेको छ।

पशु कल्याण निर्देशिका, २०७३ अनुसार हात्ती १३ वर्ष पूरा भए पश्चात मात्र भार वहनयोग्य हुने उल्लेख गरिएको छ। तर, चितवनको हात्ती प्रजनन केन्द्रमा २ देखि ३ वर्षका हात्तीहरूलाई साङ्लाले बाँधेर वशमा पार्दै भारवाहक बनाउने गरिएको अधिकारकर्मी सृष्टि श्रेष्ठ बताउँछिन्।

“सफारीले सास्ती भयो भनेर नै हामीले आफ्ना हात्तीहरूलाई यसबाट मुक्त गरेको हौँ। तर अहिले पनि गस्ती, वन्यजन्तुको सर्वेक्षण, अध्ययन अनुसन्धान तथा चोरी शिकारी नियन्त्रणमा लानै पर्छ। जंगलमा यसबाहेक अन्य विकल्प अहिलेसम्म बनेको छैन,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आर्चायले भने।

कोही जनवारलाई मानसिक रोग लाग्छ भने त्यो हो- हात्ती। लामो समयसम्म हात्तीलाई उसको क्षमता भन्दा बढी भार बोकाएकै कारण पछिल्लो समय अफ्रिकी हात्तीमा ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर’  समस्या देखिएको हार्वर्ड मेडिकल स्कुलको अध्ययनले देखाएको छ।

‘पोष्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर’  समस्याका कारण हात्तीहरूले छिनछिनमा आफ्नो रूप बदल्ने गरेको अध्ययनले देखाएको छ। आफ्नै माउते कुल्चने, पागल हुने, हिँड्दा-हिड्दै ढलेर मर्ने जस्तो समस्या देखिएको छ।

बन्धक बनाइएका हात्तीहरू गाउँवस्तीमा जाने र क्षति पुर्‍याउने गरेको वन्यजन्तु अनुसन्धानकर्ता बाबुराम लामिछाने बताउँछन्।

करिब ५ टन तौल र ३ मिटर उचाइको हात्ती नै जमिनमा पाइने सबैभन्दा ठूलो जीव हो। यही कारण मानिसहरूले उसले बोक्ने भारको हिसाब लगाउँदैनन्।

“हात्तीको ढाड यति संवेदनशील हुन्छ कि यसकै पीडाले उनीहरू अपांग, दृष्टीविहीन हुने गरेको पाइएको छ,” हात्ती विशेषज्ञ नरेन्द्र प्रधान भन्छन्।

सफारीको विकल्पमा विकसित देशहरूले अपनाए जस्तै पशु अधिकारकर्मीहरूले पनि सेन्चुरी मोडलको विकल्प माग गरेका छन्। यस मोडललाई पर्यटन प्रर्वद्धन तथा पशु अधिकार सुरक्षित गर्ने उत्कृष्ट मोडल मानिँदै आइएको छ।

“हात्तीप्रतिको क्रुरता बन्द हुन्छ र पर्यटन जोखिममा पर्दैन भने यसका लागि हामी सधैँ राजीनै रहन्छौं,” पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले भने।

के हो त सेन्चुरी मोडल ?

हात्तीलाई स्वतन्त्र बाँच्न दिनु नै सेन्चुरी मोडल हो।

हात्तीमाथि चढेर, खेला देखाएर, साङ्लाले बाँधेर भन्दा खुल्ला भू-भागमा हात्तीको प्राकृतिक व्यवहारलाई परबाटै नियाल्नु सेन्चुरी मोडलको विशेषता हो।

यस किसिमको मोडलमा प्रायः घरपालुवा हात्तीहरू राखिन्छन्। कति हात्तीहरूलाई कस्तो व्यवस्थापन र कति क्षेत्रफलमा राख्ने भनी वैज्ञानिक पद्धति नै छ।

यस मोडलमा हात्तीलाई फराकिलो समतल भूभागमा व्यवस्थित गरी राखिन्छ। एउटा अग्लो स्थानमा भ्यू प्वाइन्ट बनाइन्छ। जहाँबाट हात्तीको चालढाल, लम्काई, उठबस आदि विभिन्न व्यवहार अवलोकन गर्न सकिन्छ।

यो मोडल विशेष गरेर सिङ्गापुर, थाइल्याण्ड,जापानलगायतका देशमा बढी अभ्यास भएको पाइन्छ।

हात्ती सफारीयोग्य बनाउन फलामको साङ्लो, हूक, विभिन्न धारिलो हतियारले तालिम दिनुपर्ने हिंसालाई पनि यस मोडलले अन्त्य गर्दछ। साथै उनीहरूलाई शारीरिक र मानसिक पीडाबाट उन्मुक्ति दिन्छ।

" /> काठमाडौं। एक वर्ष अघि ‘पिटा युके’ नामको युट्युब च्यानलले एउटा भिडिओ सार्वजनिक गर्‍यो।

"> हात्तीलाई कहिलेसम्म बन्धक बनाएर सफारी गराउने ? (भिडिओसहित): Dekhapadhi
हात्तीलाई कहिलेसम्म बन्धक बनाएर सफारी गराउने ? (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्