काठमाडौं। अमेरिकामा कोरोना भाइरसको संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ।
त्यहाँ गत २४ घण्टामा एक लाख १५ हजार ७१४ संक्रमित थपिएका छन्, जुन एकै दिन संक्रमण पुष्टि भएको हालसम्मकै धेरै संख्या हो।
पछिल्लो हप्ता अमेरिकामा कोरोना संक्रमणको दर दैनिक उच्च बन्दै गएको छ। राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा तात्तिएको माहोलमा कोरोना संक्रमणले आज नयाँ रेकर्ड कायम गरेको हो।
अमेरिकामा आजसम्म संक्रमितको संख्या ९९ लाख १७ हजार ३२ पुगेको छ। त्यसमध्ये ६३ लाख ४० हजार ४३४ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ३३ लाख ३५ हजार ६५३ रहेका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ११७ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४० हजार ९४५ पुगेको छ।
" /> काठमाडौं। अमेरिकामा कोरोना भाइरसको संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ।त्यहाँ गत २४ घण्टामा एक लाख १५ हजार ७१४ संक्रमित थपिएका छन्, जुन एकै दिन संक्रमण पुष्टि भएको हालसम्मकै धेरै संख्या हो।

">