प्योङयाङ। उत्तर कोरियामा नयाँ दुईवटा कानुन कार्यान्वयनमा ल्याइएको छ। एउटा कानुनले सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध लगाएको छ भने अर्कोले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिएको छ।
कोरियाली केन्द्रीय समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचारअनुसार दोस्रो कानुनमा व्यवसायीहरूलाई थप जग्गा जमिन, उर्जा र खर्च बचत गर्नुपर्ने उल्लेख गरिएको छ। उत्तर कोरियाको संसदका उच्च सदस्यहरू, सर्वोच्च जनसभालगायतको बैठकले बुधबार दुवै कानुनलाई स्वीकृत गरेको जनाइएको छ।
उत्तर कोरियामा धूपपान गर्नेहरूको अनुपात उच्च रहेको छ। त्यहाँ कूल सङ्ख्याको ४३.९ प्रतिशत पुरुषले धूपपान गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१३ को प्रतिवेदनमा उल्लेख छ।
रासस/एएनआई
" /> प्योङयाङ। उत्तर कोरियामा नयाँ दुईवटा कानुन कार्यान्वयनमा ल्याइएको छ। एउटा कानुनले सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध लगाएको छ भने अर्कोले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिएको छ।कोरियाली केन्द्रीय समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचारअनुसार दोस्रो कानुनमा व्यवसायीहरूलाई थप जग्गा जमिन, उर्जा र खर्च बचत गर्नुपर्ने उल्लेख गरिएको छ। उत्तर कोरियाको संसदका उच्च सदस्यहरू, सर्वोच्च जनसभालगायतको बैठकले बुधबार दुवै कानुनलाई स्वीकृत गरेको जनाइएको छ।
उत्तर कोरियामा धूपपान गर्नेहरूको अनुपात उच्च रहेको छ। त्यहाँ कूल सङ्ख्याको ४३.९ प्रतिशत पुरुषले धूपपान गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१३ को प्रतिवेदनमा उल्लेख छ।
रासस/एएनआई
">