काठमाडौँ। नेपाली सेनाले भारतीय सेनालाई नेपालमै बनेको एक लाख थान मेडिकल मास्क उपहारस्वरूप प्रदान गरेको छ।
आज सैनिक मुख्यालय जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ती मास्क हस्तान्तरण गरेका हुन्।
“नेपाली सेनाका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि नेपालमै निर्मित एक लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गर्नु भएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार सैनिक मुख्यालय जङ्गीअड्डामा नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई शान्तिका अग्रदूत गौतमबुद्धको मूर्ति उपहार दिँदै । तस्वीर - रत्न श्रेष्ठ/रासस
नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष नरवणे र प्रधानसेनापति थापा बीच आज जंगी अड्डामा द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त भेटवार्ता पछि थापाले नरवणेलाई एक लाख थान मास्क हस्तान्तरण गरेका हुन्।
कोरोना भाइरस महामारीविरुद्ध लड्न ती मास्कले भारतीय सेनालाई सघाउने विश्वास नेपाली सेनाले लिएको छ।
जंगी अड्डामै आज भारतीय स्थल सेनाध्यक्ष नरवणेले प्रधानसेनापति थापालाई फिल्ड अस्पतालका लागि आवश्यक केही स्वास्थ्य उपकरण तथा भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेका थिए।
भारत सरकारको तर्फबाट दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याबउपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु उनले नेपाली सेनालाई प्रदान गरेका थिए।
“कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पुर्याउन नेपाली सेनालाई थप भेन्टिलेटर उपहार स्वरुप प्रदान गरियो। यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको थियो,” काठमाडौं स्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौँ। नेपाली सेनाले भारतीय सेनालाई नेपालमै बनेको एक लाख थान मेडिकल मास्क उपहारस्वरूप प्रदान गरेको छ।आज सैनिक मुख्यालय जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ती मास्क हस्तान्तरण गरेका हुन्।

">