बालकोटको कपास उद्योगमा आगलागी <p>भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका&ndash;दुई बालकोटमा कपास उद्योगमा आज बिहान आगलागी भएको छ।&nbsp;</p> <p>सरिता चौलागाईंले सञ्&zwj;चालन&nbsp;गरेको उद्योगमा कोही कामदार नभएको बेलामा विहान पाँच बजे आगो सल्किएको हो। आगलागीको कारण भने खुलेको छैन। &nbsp;आगलागीको क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डर विस्फोट भएपछि क्षती झनै बढेको महानगरीय प्रहरी बृत्त ठिमीले जनाएको छ।</p> <p>काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा विहान आठ बजेर ३० मिनेटमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगोबाट कारखानामा रहेका कपडा, कपास, कपास बनाउने मेशिन जलेर नष्&zwj;ट भएको छ । प्रहरी टोलीबाट घटनास्थलमा मुचुल्का तयारी भइरहेकाले क्षतीको विवरण भने यकिन हुन बाँकी छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्